कस्तो थियो रावणको परिवार ? « Khabarhub

कस्तो थियो रावणको परिवार ?


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैलाई रामायणका मुख्य पात्र मध्ये एक रावणका बारेमा थाहा नहुन सक्छ । उनी महाविद्धान मानिन्थे । आज हामी रावणको पत्नी, सन्तान, मातापिता र हजुरबुवा हजुरआमाका बारेमा चर्चा गर्नेछौ ः

रावणको हजुरबुवा हजुरआमा (घरतर्फ)
रावणका हजुरबुवा ब्रह्माका पुत्र महर्षि पुलस्त्य थिए भने हजुर आमा हविर्भुवा थिइन् ।

रावणका मावली हजुरबुवा हजुरआमा
रावणको मावली हजुरबुवाको नाम सुमाली थियो भने हजुरआमा ताड़का थिइन् ।

रावणका माता पिता
रावणका पिताको नाम ऋषि विश्वश्रवा र माताको नाम कैकसी हो । कैकसी विश्वश्रवाकी दोश्रो श्रीमती हुन् । यसअघि उनकको विवाह इलाविडासँग भएको थियो । जसबाट कुबेरको जन्मको भएको थियो ।

रावणका दाजुभाइ दिदिबहिनी
रावणका ८ दाजुभाइ दिदीबहिनी थिए । रावणकी आमाका तर्फबाट विभीषण, कुम्भकरण, अहिरावण, खर, दूषण र दुई बहनी सूर्पनखा र कुम्भिनी थीए । रावणको सौतेनी दाजु कुबेर हुन् ।

रावणका पत्नी
रावणका तीन पत्नी थिए । जसमा पहिली मन्दोदरी, दोस्री धन्यमालिनी र तेस्रीको नाम शास्त्रमा उल्लेख छैन । मंन्दोदरी राजा मायासुर र अप्सरा हेमीकी पुत्री थिइन् ।

रावणका सन्तान
प्रचलित कथा अनुसार रावणका सन्तानमा मेघनाद (इन्द्रजीत), अक्षय कुमार, अतिकाय, देवकान्ता, नरन्तका र त्रिशिरा हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ११ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको