बार्सिलोनालाई पराजित गरेपछि रोनाल्डोले भने- मेस्सी मेरो दुश्मन हैनन् | Khabarhub Khabarhub

बार्सिलोनालाई पराजित गरेपछि रोनाल्डोले भने- मेस्सी मेरो दुश्मन हैनन्


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्सले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार राति च्याम्पियन्स लिगको समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको हो । युभेन्ट्सको जितमा रोनाल्डोले दुई गोल गरे । अर्को एक गोल वेस्टन म्यानकेनीले गरे ।

सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि पहिलो पटक मेस्सी नेतृत्वको बार्सिलोनाविरुद्ध उत्रिएका थिए ।

मेस्सी र रोनाल्डोको भिडन्तको रुमपा हेरिएको खेलमा युभेन्ट्सका स्टारले स्पेनमा पुन आफ्नो जादु देखाएका छन् ।

यसैबीच रोनाल्डोले लियोनल मेस्सीलाई आफूले कहिल्यै दुश्मनको रूपमा नहेरेको प्रतिक्रिया दिएका छन् ।

च्याम्पियनस लिगमा बार्सिलोनाविरुद्ध दुई गोल गरेपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिदै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको बताए ।

‘मैले सधै उनीसंग धेरै सौहार्दपूर्ण सम्बन्ध बनाए ।मैले करिब १२, १३ वा १४ वर्ष अवार्ड समारोह उनीसंग बाँडेको छु । मैले कहिल्यै प्रतिद्धन्दीको रुपमा उनलाई हेरिन,’ रोनाल्डोले भने ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  २ : ३५ बजे

दसैँले बजार चलायमान, व्यवसायीलाई राहत

चितवन– बडादसैँको चहलपहलसँगै यहाँका बजार पनि चलायमान भएका छन् ।

पूर्व सांसदलाई रास्वपाको आग्रह- रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पूर्व सांसदहरूलाई रातो

फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह

पाटन– ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको

वर्षाका कारण अरनिको र विपी राजमार्गमा समस्या, यात्रुलाई सास्ती 

काभ्रे– वर्षा कारण दशैं मनाउन आफ्ना घरतर्फ गइरहेका यात्रु अरनिको

मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन

जलेश्वर– बडा दसैँको सप्‍तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण