बार्सिलोनालाई पराजित गरेपछि रोनाल्डोले भने- मेस्सी मेरो दुश्मन हैनन् « Khabarhub

बार्सिलोनालाई पराजित गरेपछि रोनाल्डोले भने- मेस्सी मेरो दुश्मन हैनन्


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्सले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार राति च्याम्पियन्स लिगको समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको हो । युभेन्ट्सको जितमा रोनाल्डोले दुई गोल गरे । अर्को एक गोल वेस्टन म्यानकेनीले गरे ।

सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि पहिलो पटक मेस्सी नेतृत्वको बार्सिलोनाविरुद्ध उत्रिएका थिए ।

मेस्सी र रोनाल्डोको भिडन्तको रुमपा हेरिएको खेलमा युभेन्ट्सका स्टारले स्पेनमा पुन आफ्नो जादु देखाएका छन् ।

यसैबीच रोनाल्डोले लियोनल मेस्सीलाई आफूले कहिल्यै दुश्मनको रूपमा नहेरेको प्रतिक्रिया दिएका छन् ।

च्याम्पियनस लिगमा बार्सिलोनाविरुद्ध दुई गोल गरेपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिदै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको बताए ।

‘मैले सधै उनीसंग धेरै सौहार्दपूर्ण सम्बन्ध बनाए ।मैले करिब १२, १३ वा १४ वर्ष अवार्ड समारोह उनीसंग बाँडेको छु । मैले कहिल्यै प्रतिद्धन्दीको रुपमा उनलाई हेरिन,’ रोनाल्डोले भने ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  २ : ३५ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न