प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै | Khabarhub Khabarhub

प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा क्षेत्रमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु हुने भएको छ ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको विकल्प खोजी भइरहेका बेला पर्वत सदरमुकाम कुश्माबजार आसपासमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि बलेवामा पूर्वाधार निर्माण गर्न थालिएको हो ।

प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गरी बलेवामा पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बागलुङ नगरपालिका–१३ स्थित पैँयुपाटामा पूर्वाधार निर्माण थालिएको हो ।

प्याराग्लाइडिङ उडान (टेक अफ) गर्ने स्थान पहरेमा पूर्वाधार निर्माण शुरु गरिएको हो ।

गण्डकी प्रदेशले बागलुङसहित पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेकामा साहसिक पर्यटकहरुको गतिविधि बढ्दै गइरहेको धौलागिरिमा प्याराग्लाइडिङको राम्रो सम्भावना देखिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।

मन्त्री लम्सालले साबिकको धौलागिरि क्षेत्र साहसिक पर्यटनसँग जोडिँदै गएको बताए ।

बलेवास्थित पहरेबाट प्याराग्लाइडिङ उडान गर्ने र बलेवा क्षेत्रसँगै पर्वतको सदरमुकाम क्षेत्र अवलोकन गरेपछि अवतरण गर्ने गरी दुईपटकसम्म सफल परीक्षण गरिसकिएको छ ।

बलेवामै रहेको विमानस्थल वा कुश्माबजारस्थित चण्डिका गण रहेको बडागाउँ चौरमा समेत अवतरण गर्न सकिन्छ ।

हावाको वेग मिल्ने र दृश्यावलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेर पूर्वाधार निर्माण थालेको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष पदमबहादुर गिरीले जानकारी दिए ।

उनका अनुसार उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायत संरचना निर्माण गरिनेछ ।

उक्त संरचना दुई महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कार्यसमेत अगाडि बढाइने उनले बताए ।

प्याराग्लाइडिङ उडान गर्ने स्थान एक हजार ८५४ मिटरको उचाइमा रहेको छ । यस क्षेत्रमा प्याराग्लाइडिङ शुरु भएपछि पर्वत र बाग्लुङको बलेवा क्षेत्रका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् ।

यहाँ जानका लागि पर्वतको मालढुङ्गा वा कुश्मा–कैया अग्लो झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जी जम्प सञ्चालन भएको पुल तरेर पुग्न सकिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  २ : ५२ बजे

स्रोत नखुलेको लाखौँ रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख

गणतन्त्रमा राजा वीरेन्द्रको सम्पत्तिबाट झण्डै २९ करोड आम्दानी

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको सम्पत्तिबाट सरकारलाई

महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, कर्णालीको बेरुजु ४५ करोड ९४ लाख

सुर्खेत– महालेखापरीक्षकको कार्यालयको कर्णाली प्रदेशको सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख

सरकारका यी ११२ संस्थान र निकाय, जहाँ भेटिएन एक रुपैयाँ पनि बेरूजु

काठमाडौं– महालेखापरीक्षकको कार्यलयले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सरकारी कार्यलय

रुसी सेनासँग व्यावहारिक सहयोग विस्तार गर्न चीन तयार

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध