अमेरिकामा १ करोड ५५ लाख मानिसमा कोरोना संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा १ करोड ५५ लाख मानिसमा कोरोना संक्रमण


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा १ करोड ५५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८ हजार १२१ जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५५ लाख ९१ हजार ७०९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९० लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ६२ लाख ११ हजार २४२ जनामध्ये २६ हजार ८६० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ९३ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९१३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९३ हजार ३९८ पुगेको छ ।

 

 

 

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ३ : २८ बजे

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

काठमाडौं – पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा

मनाङमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले मनाङमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले भू–धरातलीय

भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमा सघाउने अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको प्रस्ताव

काठमाडौँ- अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जेन-जी आन्दोलनकारीले तोडफोड र

जनमुखी साकोसको कुल दायित्व १ अर्ब ३८ करोड पुग्यो 

दोलखा– जिल्लाको वैतेश्वर-५ मैनापोखरी मुख्य कार्यालय रहेको जनमुखी  बचत तथा