बढ्दो हिंसाबीच मालीको सरकार ढल्यो « Khabarhub

बढ्दो हिंसाबीच मालीको सरकार ढल्यो


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माली– मुलुकका मध्य तथा उत्तरी क्षेत्रमा हिंसात्मक घटनामा बृद्धि भएपछि अफ्रिकी मुलुक मालीको सरकारले राजीनामा दिएको छ ।

बिहीबार राष्ट्रपति इब्राहिम बोउबकर केइटाको कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सोउमेलु बोउबेये माइगा र उनको मन्त्रिपरिषद्ले राजीनामा दिएको जनाएको हो ।

चार साताअघि मालीका मध्य भेगमा रहेको ओगोसागो गाउँमा परम्परागत डोगोन सिकारी समुदायको भेषमा आएका मानिसहरुले प्रतिद्वन्द्वी घुमन्ते गोठाला फुलानी जातिका मानिसहरुमाथि आक्रमण गरी १६० जनाको हत्या गरेपछि त्यहाँको सरकार निकै नै दबाबमा रहेको थियो ।

यस्तै, हालै आतंककारी संगठन अल कायदासँग सम्बद्ध समूहले मुलुकका मध्य भेगमा नै सेनालाई लक्षित गरी गरेको आक्रमणमा २३ जनाको ज्यान गएको थियो ।

बढ्दो हिंसासँगै सरकारले लडाकुलाई निशस्त्रीकरण गर्न नसकेको तथा अतिवादी इस्लामिक लडाकुलाई परास्त गर्न नसकेको भन्दै बुधबार त्यहाँ सरकारप्रति अविश्वासको प्रस्तावबारे छलफल भएको थियो ।

छलफलसँगै प्रधानमन्त्रीले राजीनामापत्र राष्ट्रपति कार्यालयमा बुझाएको र राष्ट्रपति केइटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को राजीनामा स्वीकृत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ८ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

टरिगाउँ विमानस्थल : न त जहाजको टुङ्गो, न त बजेटकै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा