काठमाडौँमा निर्माण गरिने ‘मेट्रो प्रोजेक्ट’मा लगानी गर्न रुस इच्छुक « Khabarhub

काठमाडौँमा निर्माण गरिने ‘मेट्रो प्रोजेक्ट’मा लगानी गर्न रुस इच्छुक


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र रुसी प्रतिनिधि मण्डलबी आज शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग भेटवार्ता गरेको हो ।

मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप रुसले तयार गरेकामा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गरे ।

भेटमा प्रतिनिधिमण्डलले पूर्वपश्चिम विद्युतीय रेलमार्ग र राजधानी काठमाडौँमा निर्माण गर्ने भनिएको ‘मेट्रो प्रोजेक्ट’ मा लगानी गर्न रुस इच्छुक रहेको बताएको मन्त्रालयले जनाएको छ ।

ती परियोजनाबारे हालसम्म भएका प्रगतिका विषयमा मन्त्रालयका अधिकारीले उनीहरुलाई जानकारी गराएका थिए ।

यसअघि रुसी टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’लाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी गर्ने इच्छा देखाएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ०१ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२