डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय « Khabarhub

डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहिवार साँझ बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।

गत मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको थियो ।

यस अघि मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका थिए ।

सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।

पोखरेल २०४९ चैतमा प्रहरी निरीक्षक पदमा भर्ना भएका हुन ।

यो पनि पढौं

डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस, भावी ‘आईजीपी’का एकल दाबेदार

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ७ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै