यमनमा विद्रोहीलाई समेटेर एक सातामा संयुक्त सरकार बन्ने « Khabarhub

यमनमा विद्रोहीलाई समेटेर एक सातामा संयुक्त सरकार बन्ने


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनको अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सरकार र दक्षिणी क्षेत्रमा स्वतन्त्र राज्यको माग गर्दै आएको एक विद्रोही समूहबीच एक हप्ताभित्रमा संयुक्त सरकार बन्ने भएको छ ।

साउदी अरब नेतृत्वको गठबन्धनका अनुसार वर्तमान् सरकार र एसटीसी समूहका कूल २४ मन्त्री रहने गरी नयाँ सरकार गठन गर्न दुबै समूहले सहमति जनाइसकेका छन् ।

दुबै पक्षको बराबर प्रतिनिधित्व रहनुपर्नेलगायतका प्रमुख विषयमा नै विवाद हुँदा यमनमा संयुक्त सरकार गठन हुन सकेको थिएन ।

यमनको अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सरकार र दक्षिणमा सक्रिय एसटीसी विद्रोहीलाई क्रमश साउदी अरब र संयुक्त अरब ईमिरेट्सको सहयोग रहँदै आएको छ ।

यमनमा सन् २०१४ देखि जारी युद्धका कारण अधिकांश सर्वसाधारण र द्वन्द्वरत पक्षका दशौँ हजार सैनिक तथा लडाकूको मृत्यु भएको छ ।

दक्षिणी यमनमा सक्रिय साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटीसी) र संयुक्त राष्ट्रसंघको पहलमा निर्माण गरिएको सरकार दुबै इरान निकट मानिने हुथी समूहसँगको लडाईँमा भने सहकार्य गर्दै आएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ५२ बजे

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको