हुस्सु हटेपछि त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट उडान नियमित « Khabarhub

हुस्सु हटेपछि त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट उडान नियमित


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उडान अवतरण अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित सुरु भएको छ ।

बिहानैदेखि बाक्लो हुस्सुले प्रभावित भएको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुस्स हटेसँगै नियमित भएको हो ।

भिजिबिलिटी बढेपछि केही उडान नियमित गरिएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए । वायु सेवा कम्पनीहरूले मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि सुरु भएको छ ।

काठमाडौं उपत्यकामा बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको थियो।

आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एअरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। बिहान करिब साढे ६ बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि उडान ठप्प भएको थियो।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ। त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक-फरक भिजिबिलिटी हुनुपर्छ। आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ। ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १ : ०८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब