युएनडीपीको सहयोगमा २२ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालन | Khabarhub Khabarhub

युएनडीपीको सहयोगमा २२ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालन


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबावु राउतले नवनिर्मित सर्पदंश उपचारकेन्द्रको आज शुभारम्भ गरेका हुन् ।

२२ शय्याको सो केन्द्र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)को  रु १ करोड २० लाखको लागतमा निर्माण गरिएको हो । साथै सो नगरपालिकाले उपकरणका साथै अन्य व्यवस्थापनमा रु एक करोड खर्च गरेको जनाइएको छ ।

उपचारकेन्द्रको सञ्चालनको व्यवस्थासमेत नगरपालिकाले गरेको नगरप्रमुख योगेन्द्र पंजियारले जानकारी दिए । केन्द्रमा सर्पदंश बिरामीका निःशुल्क उपचार गरिनेछ ।  नेपाली सेनाका चिकित्सक टोलीले उपचार गर्नेछन् ।

सो अवसरमा मुख्यमन्त्री राउतले सर्पदंश उपचारकेन्द्र सञ्चालनमा आएसँगै सर्पदंशको कारण जनताले अकालमा मृत्युवरण गर्न नपर्ने बताए ।

गर्मी र बर्षायामको समयमा सर्पको विगविगी रहेको प्रसङ्ग उल्लेख गर्दै उनले एन्टिभेनम खोप उत्पादनका लागि प्रदेश सरकार अग्रसर रहेको जानकारी दिए ।

सर्पदंश उपचारकेन्द्र सञ्चालक समितिका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरप्रमुख पँजियारले उपचार केन्द्रको सञ्चालन र व्यवस्थापनमा नगरपालिकाले गर्ने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : २० बजे

राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक सोमबार बस्दैछ । बैठक

एससिओ शिखर सम्मेलनमा सहभागी प्रथम महिलाको जलयात्रा

थियानजिन – थियानजिन शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनमा

राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितिका बैठक बस्दै

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो

सुनसरी – सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय