कलंकीमा ट्रकको ठक्करबाट एकको मृत्यु, ६ घाइते « Khabarhub

कलंकीमा ट्रकको ठक्करबाट एकको मृत्यु, ६ घाइते


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट ओखलढुङ्गाका ३० वर्षीय शंकर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश २-०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक अनियन्त्रित भई सडकमा रहेका सवारी साधनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा ट्रकका चालक लगायत ६ जना घाइते भएका छन्। घाइतेलाई बयोधा अस्पतालमा लगिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक पुरुषोत्तम कार्कीले जानकारी दिए।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकको ब्रेक फेल हुँदा अन्य ८ वटा सवारी साधनलाई समेत ठक्कर दिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उक्त ट्रक सडक नजिकैको घरमा ठोकिँदा उक्त घरमा समेत क्षति पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : ३१ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका