सुनका गहना नलगाउन आग्रह « Khabarhub

सुनका गहना नलगाउन आग्रह


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- सुनको गहना लगाएकै कारण  स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाइदिन अभिभावकलाई आग्रह गरेको छ ।

कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङकी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण ज्यान गुमाउनु परेको प्रहरीको ठम्याइ छ ।

यही मङ्सिर २१ गते उनको मुद्राको लालचमा हत्या भएपछि यस्ता घटना रोक्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनीकरण गर्ने अभियान शुरू गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक  इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अपराधिक घटना रोक्न  बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता खानेकुरा नखान उनीहरूलाई सचेत  गराउने अभियान थालिएको छ ।

पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने  गर्न पनि आग्रह गरिएको उनले बताए ।

कोभिड–१९ को समस्या समाधान भएपछि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिए ।

ठूला मान्छेले पनि सकभर गरगहना नलगाउने र लगाउनै पर्ने कुनै उत्सव पर्वजस्ता अवस्था आए हात तथा गला र कानमा लगाइएका  सुन सुरक्षित तवरले नजिकको परिचित आफन्तको साथमा मात्र हिँडडुल गर्र्न प्रहरीले आग्रह गरेको छ ।

ग्राङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गरिरहेकी ती  बालिका विद्यालय छुटेर घरतर्फ जाँदै गर्दा अपरिचित व्यक्तिबाट अपहरणमा परेकी थिइन ।

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले ती बालिकालाई चाउचाउ दिएर फकाइ अपहरण नागर्दुङ ओढारमा लगि बालिकाको हत्या गरी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक बयानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए ।

तामाङलाई स्थानीय बासिन्दाको सहयोगमा कालिकास्थान प्रहरीले धैबुङ घुम्ती बजारबाट २२ गते नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकी आरोपितबारे थप अनुसन्धान भइरहेको छ ।

एक होटलबाट नियन्त्रणमा लिएको भोलिपल्ट बालिकाको शव प्रहरी र स्थानीय बासिन्दाको टोलीले ओढारमा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ९ : ३० बजे

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा