रारामा बन्ने भए ३ भिलेज रिसोर्ट « Khabarhub

रारामा बन्ने भए ३ भिलेज रिसोर्ट


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु-कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल नजीकैका स्थानमा तीन वटा रिसोर्ट स्थापना गरिने भएको छ ।

बर्सेनी हजारौँ पर्यटक रारा घुम्न आउने गरेपनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल नभएकाले पर्यटकले सास्ती खेपिरहेकाले स्तरीय सेवा दिन भिलेज रिसोर्ट नामका तीन वटा रिसोर्ट खोल्न लागिएको हो ।

१५ करोडभन्दा बढी लगानी हुने रिसोर्टका लागि गोर्खा इकोप्यानलको प्रयोग गरी चाँडै रिसोर्टका भवन बनाएर सञ्चालनमा ल्याइने रिसोर्टका अध्यक्ष अनुपविक्रम शाहले जानकारी दिए । रारा विमानास्थल नजीकै रहेका ताल्चा, सल्लेरी र मुर्मा गरी तीन ठाउँमा सञ्चालनमा ल्याउन लागिएको रिसोर्टका लागि तीनै ठाउँमा गरी २० रोपनी क्षेत्रफलको जग्गामा ६० कोठे रिसोर्ट रहने बताइएको छ ।

विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो । शुक्रबार मुगुको रारा विमानस्थल ताल्च, सल्लेरी र मुर्मामा रिसोर्ट निर्माणका लागि शिलान्याससमेत गरिएको सञ्चालक शाहले जानकारी दिए । जिल्लामा आउने हवाई र स्थलमार्ग सहज भएसँगै नेपालको रारा ताल हेर्न मुगु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गए पनि यहाँ राम्रो बास र खानाको व्यवस्था नहुँदा पर्यटकले सास्ती खेप्नु परेको थियो ।

हाल ताल रहेको हुटुमा दुई वटा होटल सञ्चालनमा छन् । दुवै होटलले दिनमा एक सयसम्म ग्राहक धान्न सक्ने क्षमता रहेको छ । स्थानीयवासीले रारा तालको छेउमा रहेका डाँफे होटल र भिलेज हेरिटेज रिसोर्टले राराको वातावरण प्रदूषण बढाएको भन्दै पटक पटक होटलहरू तालबाहिर सार्न माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ११ : ४२ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी