हिमालय क्षेत्रको महत्व बुझ्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह « Khabarhub

हिमालय क्षेत्रको महत्व बुझ्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

संरक्षित क्षेत्र बढाउने घोषणा


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालय बढ्दो विश्वव्यापी तापक्रम घटाउन हिमालय क्षेत्रले पुर्‍याएको योगदानको स्मरण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

संयुक्त राष्टसंघीय जलवायु सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पर्यावरण सन्तुलन कायम राख्न हिमालय क्षेत्रको योगदानको स्मरण गर्दै यसको महत्वलाई चिन्न विश्व समुदायलाई आग्रह गरेका हुन् ।

विश्व तापमान नियन्त्रण गर्न हिमालय क्षेत्र जोगाउने चुनौती थपिएको पनि उनले बताए ।

यस्तै नेपालले संरक्षित क्षेत्र २३ प्रतिशतबाट वृद्धि गरी ३० प्रतिशत बनाउने घोषणा पनि उनले गरेका छन् ।

संरक्षित क्षेत्रलाई विस्तार गरी जैविक विविधताको जर्गेना गर्ने लक्ष्य लिएको बताउँदै उनले सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं त्यस अनुरुप जलवायु वित्त रणनीति र मागचित्र निर्माण गरिने प्रष्ट्याएका छन् ।

आगामी दशकभित्र ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

‘यी महत्वाकांक्षाहरु लागू गर्न हामीलाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ‘हरित यात्रामा एकसाथ अघि बढ्न हामीले सबै मुलुकहरुको साथ अपेक्षा गर्दछौं।’

कोभिड-१९ का कारण संयुक्त राष्टसंघीय जलवायु परिवर्तन सम्बन्धी खाका महासन्धी पक्ष राष्ट्रहरुको २६औँ सम्मेलन (कोप २६) स्थगित भएपछि चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र  संयुक्त राष्ट्र संघले यो सम्मेलनको आयोजना गरेका हुन् ।

सम्मेलनमा पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धतामा नेपालको साथ रहेको पनि उनले जनाएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : २९ बजे

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

अब काठमाडौंमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

संसद् छलेर नभई सहकार्यबाट अघि बढ्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले