कोरोना संक्रमित नेपालीको मलेसियामा मृत्यु « Khabarhub

कोरोना संक्रमित नेपालीको मलेसियामा मृत्यु


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ ।

मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटीगार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो ।

दुई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका चौधरी रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि नोभेम्बर २१ तारिखमा अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो।

मलेशियामा पछिल्लो समय कोरोनाका कारण धेरै श्रमिकहरु पीडित भएका छन् । सो कम्पनीमा कार्यरत २५ सयभन्दा धेरै श्रमिकमा कोरोना संक्रमण भएपछि मलेसिया सरकारले सो कम्पनीका अधिकांश फ्याक्ट्री सिल गरेको द स्टर अनलाइनले जनाएको छ ।

फोटो खिच्दा जागिर गयो

सोही कम्पनीमा काम गर्ने हजारौं कामदारलाई संक्रमणबाट बचाउने प्रयास गर्दा नेपाली कामदार युवराज खड्कालाई कम्पनीले जागिरबाट निकालि स्वदेश फिर्ता पठाएको बताइएको छ ।

खड्काले सहकर्मी कामदारहरुले अत्यन्तै भीडभाडयुक्त स्थितिमा ठूलो जोखिममा काम गरिरहेका २ तस्वीर खिचेका थिए ।

रोयटर्सलाई उद्धृत गर्दै द स्टरले जनाए अनुसार फोटोमा कामदारहरु आफ्नो तापक्रम जँचाका लागि लाइनमा उभिएको र उनीहरुबीच दूरी १ मिटरभन्दा पनि कम भएको बताइएको छ । उनीहरु रातिको सिफ्ट सुरु गर्नुभन्दा अघि लाइनमा उभिएका थिए।

खड्का र अन्य ५ जना कामदारले रोयटर्सलाई बताए अनुसार कम्पनीमा मास्क र पञ्जा अनिवार्य थियो । तर दूरी कायम गर्नु अनिवार्य थिएन ।

सिधै कम्पनीको व्यवस्थापनसँग यस विषयमा कुरा गर्दा आफूले जागिर गुमाउनुपर्ने डरले उनले ती फोटोहरु आफ्नो देश नेपालको एक अधिकारकर्मी संस्थालाई पठाएका थिए ।

नेपालको अधिकारवादी संस्थाले तस्वीर कसले खिचेको हो भन्ने कुरा गोप्य राखी कम्पनी र मलेसिया सरकारलाई ती तस्वीरहरु पठाएको थियो ।

सेप्टेम्बर २३ मा टप ग्लोभले खड्कालाई त्यही फोटो सार्वजनिक गरेकोमा उनलाई जागिरबाट निकालिएको पत्र पठायो ।

त्यो पत्रमा कम्पनीले फोटो सुरुवातमा सीसीटिभी कभरेजबाट निकाल्ने व्यक्तिको रुपमा उनको पहिचान गरेको उल्लेख छ । कम्पनीले जागिरबाट निकालिएपछि उनी आफ्नै खर्चमा स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : ५५ बजे

लमजुङमा विश्वप्रकाश शर्माले भने, ‘आसन, भाषण र शासनमा सुधार गर्छौं’

लमजुङ- निर्वाचन प्रचार अभियानको पहिलो दिन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश

नख्खु जेलबाट फरार जबरजस्ती करणीका दोषी पक्राउ, पाएका थिए १२ वर्षको सजाय

ललितपुर- जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी नख्खु कारागारबाट

सडकमा खटिन थाले निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

टुँडिखेलमा अमेरिकी सेनाको परेडप्रति नेकपा संयुक्तको गम्भीर आपत्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले नेपाली सेना दिवस तथा