आज सोमबारे औँशी, नबोली स्नान गर्दा मनोकांक्षा पूरा हुने विश्वास | Khabarhub Khabarhub

आज सोमबारे औँशी, नबोली स्नान गर्दा मनोकांक्षा पूरा हुने विश्वास


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज सोमबार औँशी । यस दिन बिहान नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ।

यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन्। आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गर्छ।

विसं २०७७ मा पनि गत साउन ५ गते सोमबारे औँशी परेको थियो।  आगामी चैत ३० गते पनि सोमबारे औँशी रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख रहेको तोयनाथ पन्तको पञ्चाङ्ग (पात्रो) का सम्पादक सूर्यनाथ पन्तको भनाइ छ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको उनले बताए।

औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ। सोमबार औँशी परेका दिन माता, पिता हुने-नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ।

प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा रही आएको छ ।

माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : १५ बजे

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

गण्डकी– नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन

पाकिस्तानमा अध्ययनरत विद्यार्थीसँग सम्पर्कमा छौँ : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको