भारतीय रिजर्व बैंकले अब २४ सै घण्टा आरटीजीएस सुविधा दिने « Khabarhub

भारतीय रिजर्व बैंकले अब २४ सै घण्टा आरटीजीएस सुविधा दिने


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय रिजर्व बैंकले भोलिदेखि २४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट (RTGS) को सुविधा प्रदान गर्ने घोषणा गरेको छ । यो सेवा १ डिसेम्बर राति १२:३० बजे देखि सेवाग्राहीका लागि उपलब्ध हुनेछ ।

डिजिटल कारोबार गर्ने व्यक्तिका लागि यसले प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

बैंकले आरटीजीएस सुविधा १ डिसेम्बरदेखि दिनको २४ सै घण्टा उपलब्ध हुने घोषणा गरेको हो । यसको अर्थ सेवाग्रहीले अब उपरान्त आरटीजीएसमार्फत कुनै पनि समयमा पैसा हस्तान्तरण गर्न सक्नेछन । यसपश्चात् भारत ती देशहरूको सुचीमा समावेश हुनेछ, जहाँ आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध छ ।

आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोना युगमा अनलाइन लेनदेनमा उल्लेखनीय वृद्धि भएकोले आरबीआईले आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

आरबीआईले भारतीय वित्तीय बजारको तर्फबाट वैश्विक एकीकरणको प्रयासलाई सहयोग पुर्‍याउन आरटीजीएसको समय विस्तार गर्ने निर्णय गरेको पनि उनले बताए ।

आरटीजिएस डिजिटल कोष स्थानान्तरणको एक विधि हो। यसको मद्दतबाट पैसा एकदमै छोटो समयमा हस्तान्तरण हुन्छ। आरटीजीएस मुख्य रूपमा ठूलो रकम स्थानान्तरणको लागि प्रयोग गरिन्छ । यसमार्फत न्यूनतम २ लाख र अधिकतम १० लाख भारतीय रूपैयाँ पठाउन र प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : ४७ बजे

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने