राष्ट्रपतिलाई गगन थापाको चुनौती: हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस् | Khabarhub Khabarhub

राष्ट्रपतिलाई गगन थापाको चुनौती: हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस्


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् ।

कांग्रेसले देशव्यापी रुपमा सरकारविरुद्ध आयोजना गरेको विरोधसभाअन्तर्गत धनगढीमा भएको कार्यक्रममा नेता थापाले राष्ट्रपतिको राजनीतिक सक्रियताको आलोचना गरेका हुन् ।

नेकपा विवादमा सक्रिय भएर पछिल्लो समय राष्ट्रपति भण्डारी श्री ५ बडामहारानी बन्न खोजेको भन्दै नेता थापाले भने,‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, थापाले भने, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस् ।’

कांग्रेसले राजालाई पनि फालेको र राष्ट्रपति पनि फाल्नु कुनै ठूलो विषय नभएको भन्दै नेता थापाले भने,‘ राजालाई त फाल्यो राष्ट्रपतिलाई पनि फाल्न सक्छौँ ।’

कांग्रेस नसकेर सरकारविरुद्ध सडकमा नआएको भन्दै उनले भने,‘कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई सघाउन र जिम्मेबार बन्नका लागि सहयोगी भूमिका गरेको हो ।’

कांग्रेसले सहयोग गर्न खोजे पनि बालुवाटरमा बसेर सरकार र अहिलेको सरकारको नेतृत्वले षड्यन्त्र मात्रै गरेकोले खवरदारीका लागि सडकमा आएको नेता थापाले बताए । सरकारलाई ठिक ठाउँमा जान बाध्य नपार्दासम्म कांग्रेसले विश्राम नलिने उनले चेतावनी दिए ।

‘नेकपाको सरकारले तत्काल चाहिएको र तत्काल पूरा हुने कुरा गर्दैन, तर कहिल्यै पूरा नहुने हावा कुरा मात्रै गर्छ’, नेता थापाले भने । कहिल्यै भ्रष्टाचार गर्दिन भन्दै सरकारले बालुवाटारको जग्गा, ओम्नी, यति हुँदै ७० करोडसम्मका दर्जनौ काण्डको साथी र मतियार बनेको नेता थापाले आरोप लगाए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : २६ बजे

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्कीको वार्तामा ढिलाइले सरकार गठनमा अलमल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको शुक्रबार

प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु

काठमाडौं- जेनजी आन्दोलनको क्रममा जलेका प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन

काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौं– आन्दोलनपछि शान्तिसुरक्षा असहज हुँदा असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन

नवलपरासी कारागारमा १९ कैदी फर्किए

नवलपरासी– नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । 

जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता

काठमाडौँ- नेपाली कांग्रेसका नेता-कार्यकर्ताले शुक्रबार काठमाडौँको सामाखुसी चोकमा पार्टीको झण्डासहित