काठमाडौं- सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएसँगै दलका नेताहरुले आ-आफ्नै टिप्पणी गरिरहेका छन् ।
अध्यादेश ल्याइएको विषयमा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले ‘अधिनायकवादको सिढीं’को संज्ञा दिएका छन् ।
डाक्टर कोइरालाले अध्यादेश ल्याइएकोबारे प्रतिक्रिया दिँदै लेखेका छन्- ‘संविधानको मर्म र भावना विपरित ल्याइएको “संवैधानिक परिषद सम्बन्धि अध्यादेश” तुरुन्तै खारेज गरियोस। यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो।’
मन्त्रिपरिषदमा छलफलसमेत नगरी सिफारिस भएको अध्यादेशलाई राष्ट्रपति भण्डारीले हतारहतारमा जारी गरेपछि काँग्रेस नेताहरु मात्र नभएर सत्तारुढ दलकै नेताहरुले समेत विरोध जनाएका छन् ।
प्रतिक्रिया