संवैधानिक परिषद बैठक : आयोगका रिक्त पदमा नियुक्तिबारे छलफल « Khabarhub

संवैधानिक परिषद बैठक : आयोगका रिक्त पदमा नियुक्तिबारे छलफल


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय विना नै सकिएको छ।

रिक्त पदमा नियुक्ति गर्नेबारे छलफल भए पनि कसैलाई नियुक्ति नगरिएको बैठकमा सहभागी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

उनले भने, ‘विभिन्न संवैधानिक निकायमा रिक्त रहेको पदमा नियुक्तिबारे छलफल मात्रै भयो।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,  प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका थिए।

सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा भने बैठका उपस्थित भएका थिएनन ।

आजै  मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश जारी गरेपछि सोही आधारमा बैठक बसेको हो।

अध्यादेशले अध्यक्षसहित कम्तिमा बहालवाला बहुमत सदस्यको उपस्थिति भएमा निर्णय गर्नसक्ने गरी संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गरेको छ।

प्रधानमन्त्री अध्यक्ष हुने परिषद्‍मा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिपक्षी दलको नेता सदस्य रहने प्रावधान छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ८ : ४१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल