शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्नुस् : एआईजी पोखरेल « Khabarhub

शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्नुस् : एआईजी पोखरेल


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन ।

हालै बढुवा भएर अतिरिक्त महानिरीक्षक हुनुभएका पोखरेलले राष्ट्रिय सभागृहमा आज आयोजित समारोहमा मुलुकले लिएको समृद्धिको लक्ष्य प्राप्त गर्न प्रहरीको अहम् भूमिका रहने बताए ।

उनले कोभिड–१९ को सङ्क्रमण जोखिमको वर्तमान विषम परिस्थितिमा सीमित स्रोत र साधनको प्रयोग गर्दै निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको बताए ।

“यो विश्वासलाई अझै बढाउँदै लैजानुपर्छ प्रहरी नागरिकमैत्री भएमा मात्रै समुदायको सहयोग पाइन्छ”, प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले भने ।

व्यावसायिक, लागनशील, असल आचरणका साथ सङ्गठनले दिएको जिम्मेवारी बहन गर्दै लिइएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

उनले प्रहरीले कुनै लोभ लालचमा लागेर सङ्गठनविपरीत हुने गरी कार्य गरेमा भने कुनै माफी दिन नसकिने जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : ०५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको