९ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर | Khabarhub Khabarhub

९ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथ मन्दिर खुला भएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न लकडाउन घोषणा गरिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर नौ महिनापछि नियमित पूजाका लागि खोलिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र भक्तजनले पशुपतिको दर्शन गर्न पाउनेछन्। अनिवार्यरुपमा मास्क लगाउनुपर्नेछ भने दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्था गरिएको छ।

भक्तजनलाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गराई दर्शनपछि सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ।

मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु नहुने पशुपति विकास कोषले जनाएको छ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र मन्दिर खुला गरिने कोषको भनाइ छ।

मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमापूजा गरेकी थिइन्।

त्यस अवसरमा पशुपति विकास कोषले सवा लाख दीप प्रज्वलनसमेत गरेको थियो।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : १८ बजे

उपल्लो डोल्पामा खाद्यान्न अभाव

काँक्रेविहार– उपल्लो डोल्पास्थित तीन वटा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा समस्या

लहानका सुकुम्वासी बस्तीमा धारा जडान गरिँदै

सिरहा– यहाँको लहान नगरपालिकाले सुकुम्वासी तथा विपन्न परिवारलाई लक्षित गर्दै घरघरमा

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने

काठमाडौँ- वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली

जनश्रमदानबाट सडक मर्मत

पर्वत- पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन् । विसं

‘लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्रको रक्षाका लागि