प्रहरी उपरीक्षक राठोर सम्मानीत « Khabarhub

प्रहरी उपरीक्षक राठोर सम्मानीत


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरलाई सम्मान गरिएको छ ।

अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार कार्यमा सघाउ पुर्याएको जनाउँदै सामाजिक संस्था मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले मङ्गलबार प्रहरी उपरीक्षक राठोरलाई सम्मान गरेको हो ।

अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार, संरक्षण तथा न्यायको क्षेत्रमा मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले काम गर्दै आइरहेको छ । नेपाल सरकारले गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रहरी उपरीक्षक राठोरलाई प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित गरेको सन्दर्भमा हेटौँडामा एक कार्यक्रमबीच संस्थाले सम्मान गरेको हो ।

कार्यक्रममा प्रहरी उपरीक्षक राठोरले मकवानपुर जिल्लामा भएका विभिन्न घटनामा संलग्न दोषीहरुलाई नियन्त्रणमा लिएर कानूनी दायरामा लिन मकवानपुर प्रहरी सफल भएको बताए । मञ्जुश्री असहाय संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष मञ्जु खाँडले हाल देशका २३ जिल्लामा रहेका केन्द्रका शाखाले बालबालिकाको संरक्षणमा काम गर्दै आइरहेको जानकारी दिइन ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : १७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको