इंग्लिस प्रिमियर रोमाञ्चक मोडमा– टोटनह्यामलाई पराजित गर्दै सिटी शीर्ष स्थानमा « Khabarhub

इंग्लिस प्रिमियर रोमाञ्चक मोडमा– टोटनह्यामलाई पराजित गर्दै सिटी शीर्ष स्थानमा


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले टोटनह्यामलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । इत्तिहाड रंगशालामा भएको खेलमा सिटीले टोटनह्यामलाई १—० गोल अन्तरले पराजित गरेको हो ।

३४ खेल खेलेको सिटीले समान ३४ वटै खेल खेलेको लिभरपुलसँग एक अंकको झिनो दुरी बनाएको छ । लिगका केही लेगमात्रै बाँकी रहँदा यी दुई टोलीको नतिजाले प्रिमियर लिगका प्रशंसकलाई उत्साहित बनाएको छ ।

टोटनह्यामविरुद्ध सिटीका फिल फोडेनले गोल गरे । उनले खेलको शुरुआती ५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । टोटनह्यामले खेलको बाँकी ८५ मिनेटसम्म पनि गोल फर्काउन नसकेपछि खेल सिटीलाई सुम्पिएको हो ।

योसँगै सिटी ८६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानको लिभरपुलको ८५ अंकरहेको छ । पराजित टोटनह्यामलाई भने ६७ अंकसहित तेस्रो स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : ०८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा