इंग्लिस प्रिमियर रोमाञ्चक मोडमा– टोटनह्यामलाई पराजित गर्दै सिटी शीर्ष स्थानमा « Khabarhub

इंग्लिस प्रिमियर रोमाञ्चक मोडमा– टोटनह्यामलाई पराजित गर्दै सिटी शीर्ष स्थानमा


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले टोटनह्यामलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । इत्तिहाड रंगशालामा भएको खेलमा सिटीले टोटनह्यामलाई १—० गोल अन्तरले पराजित गरेको हो ।

३४ खेल खेलेको सिटीले समान ३४ वटै खेल खेलेको लिभरपुलसँग एक अंकको झिनो दुरी बनाएको छ । लिगका केही लेगमात्रै बाँकी रहँदा यी दुई टोलीको नतिजाले प्रिमियर लिगका प्रशंसकलाई उत्साहित बनाएको छ ।

टोटनह्यामविरुद्ध सिटीका फिल फोडेनले गोल गरे । उनले खेलको शुरुआती ५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । टोटनह्यामले खेलको बाँकी ८५ मिनेटसम्म पनि गोल फर्काउन नसकेपछि खेल सिटीलाई सुम्पिएको हो ।

योसँगै सिटी ८६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानको लिभरपुलको ८५ अंकरहेको छ । पराजित टोटनह्यामलाई भने ६७ अंकसहित तेस्रो स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना