भदौ २६ को समझदारी अनुसार अघि बढ्न ओली-प्रचण्ड सहमत « Khabarhub

भदौ २६ को समझदारी अनुसार अघि बढ्न ओली-प्रचण्ड सहमत


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपामा एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भदौ २६ को समझदारीअनुसार अघि बढ्न सहमत भएका छन् ।

स्थायी कमिटी बैठकअघि बुधबार दोस्रो पटक महासचिव विष्णु पौडेलसहित भएको छलफलमा ओली-दाहाल भदौ २६ को समझदारीअनुसार अघि बढ्न सहमत भएको दाबी गरिएको छ । प्रचण्ड निकट नेताहरूले भने यसबारे जानकारी भइनसकेको बताएका छन् ।

मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि चरमोत्कर्षमा पुगेको नेकपाको विवाद र पार्टी एकता कायम राख्न दुई अध्यक्ष भदौ २६ को समझदारीमा फर्किएको दाबी गरिएको छ ।

अब भदौ २६ यता भएका सबैप्रकार विवाद र दस्तावेजकै रूपमा आएका आरोपप्रत्यारोप खारेज गर्दै अघि बढ्न ओली-दाहालले समझदारी गरेका छन् ।

भदौ २६ को स्थायी कमिटी बैठकले सरकार  र पार्टी सञ्चालन दुई अध्यक्षको सल्लाहका आधारमा हुने तथा महत्वपूर्ण संवैधानिक तथा राजनीतिक नियुक्ति पनि सहमतिको आधारमा गर्ने निर्णय गरेको थियो ।

पछिल्लो सहमतिसँगै सरकारले यसबीचमा गरेका नियुक्ति पनि खारेज हुन सक्ने बताइएको छ । अबको बैठकमा दुई अध्यक्षले सहमतिमा एजेण्डा तय गर्ने तथा संयुक्त प्रस्तावलाई अघि बढाउने पनि ओली निकट स्रोतको दाबी छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ०४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२