भुकम्पले भत्किएका ४२ प्रतिशत स्वास्थ्य संस्था अझै बनेनन् « Khabarhub

भुकम्पले भत्किएका ४२ प्रतिशत स्वास्थ्य संस्था अझै बनेनन्

२ महिनाभित्र काम नथाल्ने स्थानीय तहले रकम फिर्ता गर्नुपर्ने



काठमाडौँ– मंसिर १५ गते सोमबार सरकारले हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न शिलान्याश गर्यो ।

सरकारले २ वर्षभित्र ३ सय ९६ स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका अस्पताल निर्माण गर्ने घोषणा गरिसकेको छ ।

त्यसका लागि हरेक स्थानीय तहले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी अस्पताल निर्माण गर्ने र त्यसको मुल्याकंन भवन निर्माण विभागले गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अस्पताल निर्माणका लागि खर्च हुने ५८ अर्ब रुपैयाँ बजेटका लागि अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरिदिएर अस्पताल निर्माण गर्न यो वर्ष ६ अर्ब १२ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

सरकारले घोषणा गरेको २ वर्षभित्र हरेक स्थानीय तहमा आधारभुत स्वास्थ्य चौकी निर्माण गर्न पनि कठिन देखिन्छ ।

निर्माण सम्बन्धी पछिल्लो आँकडा हेर्ने हो भने भुकम्पले क्षति पुर्याएका भौतिक संरचनाहरुको पुनर्निर्माण निकै सुस्त देखिन्छ ।

वि.सं. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पले देशभरका १ हजार १ सय ९७ स्वास्थ्य संस्थामा क्षति पुर्याएको थियो । जसमध्ये ६ सय ९८ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ । १ सय ४३  निर्माणधीन अवस्थामा छन् ।

भुकम्प गएको ५ वर्ष पुरा भइसक्दा पनि ३ सय ५६ स्वास्थ्य संस्थाको पुननिर्माण अझैं सुरु हुन सकेको छैन । भुकम्पबाट भत्किएका यी स्वास्थ्य संस्थाको निराशाजनक प्रगतिले सरकारले घोषणा गरेको २ वर्षमै निर्माण सम्पन्न हुनेमा आशंका देखिन्छ ।

आधारभुत अस्पताल निर्माण कार्य २ वर्षभित्रै सम्पन्न हुने दावी गर्छन् मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ।

‘एउटा स्थानीय तहले ५ देखि १५ शय्याको एउटा अस्पताल निर्माण गर्ने हो । त्यो पनि दुई वर्षभित्र सम्पन्न भइसक्छ’ उनले भने ।

त्यसो ३ सय ९ स्थानीय तहले सकारले घोषणा गरेकै दिन अस्पतालको शिलान्याश गरेका थिए ।

‘आगामी दुई महिनाभित्र जुन स्थानीय तहले काम सुरु गर्दैनन् त्यो रकम फिर्ता ल्याएर अर्कोलाई दिने हो’ खबरहबसँगको कुराकानीमा गौतमले भने, ‘अहिले ३ सय ९६ स्थानीय तहलाई बजेट गएको छ । बाँकीलाई आगामी आर्थिक वर्षमा हुन्छ बजेट काम र आवश्यकताअनुसार हुनेछ ।’

यस्तो छ पुनर्निर्माणको अवस्था

विनाशकारी भुकम्प र परकम्पनका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित भएका परिवारको पुनर्वास तथा स्थान्तरण गर्न १० पुस, २०७२ मा नेपाल सरकारले प्रमुख कार्यकारी अधिकृतका रुपमा सुशील ज्ञवालीलाई नियुक्त गरेको थियो । त्यससँगै प्राधिकरणको औपचारिक स्थापना भएको थियो ।

भुकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निमाण गर्न स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको पाँच वर्ष पुगिसकेको छ ।

पाँच वर्ष पूरा हुन केही दिनमात्र बाँकी हुँदा ५८ प्रतिशत स्वास्थ्य संस्थाको मात्र पुनर्निर्माण सम्पन्न भएका छन् । यसले सरकारी संयन्त्र लक्ष्यअनुसार तीव्र ढंगमा निर्माण गर्न असक्षम रहेको देखाउँछ ।

भुकम्पले क्षति पुर्याएका निजी आवास, स्वास्थ्य, शैक्षिक संस्था, सरकारी तथा सुरक्षाका भवनहरु पुनर्निर्माण गर्न स्थापना गरिएको प्राधिकरणको स्थापनाको ५ वर्ष पुगे पनि थुप्रै संरचनाहरु बाँकी छन् । जसका लागि सरकारले प्राधिकरणको कार्यअवधि १ वर्ष थप गरेको छ ।

भुकम्पले भत्काएका घरहरु पुनर्निर्माणका लागि ७ लाख ८५ हजारले पहिलो किस्ता लिए पनि ५ लाख ५५ हजारले मात्र घर निर्माण गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । अझै २ लाखभन्दा बढी घरको पुनर्निर्माण सकिएको छैन ।

आगामी वैशाखसम्म तेस्रो किस्ता लिन सम्बन्धित स्थानीय तहमा निवेदन गर्न प्राधिकरणले अनुरोध गरिरहेको प्राधिकरणका सह-प्रवक्ता मनोहर घिमिरेले खबरहबलाई जानकारी दिए ।

त्यस्तै भुकम्पले क्षति पुर्याएका ७ हजार ५ सय ६३ शैक्षिक संस्थामध्य हालसम्म ६ हजार ५८ वटा सम्पन्न भएका छन् ।

त्यसैगरी १ हजार ५ सय वटा पुनर्निर्माण सम्पन्न हुन बाँकी छ । समग्रमा १ सय ३९ शैक्षिक संस्था, १ सय २८ शैक्षिक संस्था, ३ सय ७७ पुरातात्विक सम्पदा र १ सय ६७ वटा सुरक्षाका भवनहरु पुनर्निर्माण सुरु हुनै बाँकी छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  २ : ४० बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु