नेपालसहित ३४ देशको प्रतिबन्ध हटाउँदै कुवेत « Khabarhub

नेपालसहित ३४ देशको प्रतिबन्ध हटाउँदै कुवेत


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना भाइरसको महामारीले नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने भएको छ ।

कुवेतको नागरिक उड्डयन महानिर्देशालयले कुवेतमा सञ्चालित सवै विमान कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै प्रतिबन्धित देशहरुको उडान आगामी जनवरी २१ बाट सुरू गर्न अनुरोध  गरेको छ ।

महामारीपछि कुवेतले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायतका ३४ मुलुकबाट सिधा हवाई उडान सूचारु गर्न सम्बन्धित विमान कम्पनीहरुलाई  अनुरोध गरेको नागरिक उड्डयन महानिर्देशालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

कोरोनाले नेपाल कुवेत सिधा हवाई उडान नहुँदा बिदामा नेपाल गएका हजारौं नेपाली कामदारहरु चर्को मूल्यमा हवाई टिकट खरिद गरी दुबई हुदैँ १४ दिन क्वारेनटाइन बसेर कुवेत प्रवेश गर्दै आएका छन् ।

यसरी कुवेत पुग्दा १ लाख ५० हजारदेखि २ लाखसम्म खर्च हुने गरेको नेपाली कामदारहरुले बताएका छन् ।

कुवेत सरकारको यो निर्णयसंगै कुवेतबाट नेपाल जाने तथा नेपालबाट कुवेत प्रवेश गर्ने नेपाली कामदारहरुलाई ठूलो राहत हुनेछ । कुवेत जानेले कोरोना नेगेटिभ भएको प्रमाणपत्र भने अनिवार्य पेस गर्नु पर्नेछ ।

यसैबीच, त्यहाँका ट्राभल अफिस र होटेल क्षेत्रका व्यक्तिहरुले प्रत्यक्ष उडानलाई अनुमति दिने कदमलाई स्वागत गरेका छन् । उनीहरूले क्वारेन्टाइनको अवधि पनि १४ दिनको सट्टा ७ दिन मात्र राख्न  पनि आग्रह गरेको अरब टाइम्सले उल्लेख गरेको छ ।

यसघि कुवेतले कोरोनाका नेपालसहित ३४ देशलाई सिधा उडानमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध नलगाएको देशमा १४ दिन क्वारेन्टाइन बसेका कामदारलाई मात्रै प्रवेश अनुमति दिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ५३ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले