मुस्ताङको लो–घेकर दामोदरकुण्डमा निःशुल्क स्वास्थ्य शिविर « Khabarhub

मुस्ताङको लो–घेकर दामोदरकुण्डमा निःशुल्क स्वास्थ्य शिविर


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– आधुनिक चिकित्सा सेवाको पहुँच पुग्न नसकेको हिमालपारिको जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा उपचार पद्दतिअनुसार हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो ।

गाउँपालिकाको पाँचवटा वडामा अलगअलग सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल्क औषधि वितरण गरिएको सोवा रिग्पा एशोसिएशन नेपालका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले जानकारी दिए ।

कोरोना महामारीको समस्याका कारण आधारभूत स्वास्थ्य सेवासमेत पाउन बञ्चित सर्वसाधारणलाई कोरोना रोकथाम तथा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शिविर सञ्चालन गरिएको उनले बताए ।

हिमालयन गुगे अर्गनाइजेशनको आयोजनामा पाँच दिनसम्म सञ्चालित सो शिविरमा गिलिङ, गामी, दमकार, डि–सुर्खाङ, डे–टाँगे, छाराङ, मराङ, लो–तेर्सोक र घाँसाका वासिन्दा लाभान्वित भएका हुन् । शिविर आयोजनामा गण्डकी प्रदेशका सभासद्द्वय इन्द्र विष्ट र चन्दमोहन गौचन तथा गाविस अध्यक्ष राजु विष्टले समन्वयकारी भूमिका खेलेका थिए ।

वडा नं १ का वडाध्यक्ष तासी डोन्डुप ठकुरी, वडा नं ३ का अध्यक्ष आम्ची सामतेन धाक्पा गुरुङ, वडा नं ४ का अध्यक्ष छिरिङ गोम्पो गुरुङ, वडा नं ५ का अध्यक्ष आम्ची छिरिङ छोडुप गुरुङ र गाउँपालिकाका प्रमुख पैशासकीय अधिकृत छायालाल मोक्तोनले अहिलेको विषम परिस्थितिमा पनि विकट गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन भएकामा खुशी व्यक्त गरे ।

सो अर्गनाइजेशनको आयोजनामा हरेक वर्ष यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिंदै आएको बताइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १२ : ०२ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक