मुस्ताङको लो–घेकर दामोदरकुण्डमा निःशुल्क स्वास्थ्य शिविर | Khabarhub Khabarhub

मुस्ताङको लो–घेकर दामोदरकुण्डमा निःशुल्क स्वास्थ्य शिविर


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– आधुनिक चिकित्सा सेवाको पहुँच पुग्न नसकेको हिमालपारिको जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा उपचार पद्दतिअनुसार हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो ।

गाउँपालिकाको पाँचवटा वडामा अलगअलग सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल्क औषधि वितरण गरिएको सोवा रिग्पा एशोसिएशन नेपालका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले जानकारी दिए ।

कोरोना महामारीको समस्याका कारण आधारभूत स्वास्थ्य सेवासमेत पाउन बञ्चित सर्वसाधारणलाई कोरोना रोकथाम तथा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शिविर सञ्चालन गरिएको उनले बताए ।

हिमालयन गुगे अर्गनाइजेशनको आयोजनामा पाँच दिनसम्म सञ्चालित सो शिविरमा गिलिङ, गामी, दमकार, डि–सुर्खाङ, डे–टाँगे, छाराङ, मराङ, लो–तेर्सोक र घाँसाका वासिन्दा लाभान्वित भएका हुन् । शिविर आयोजनामा गण्डकी प्रदेशका सभासद्द्वय इन्द्र विष्ट र चन्दमोहन गौचन तथा गाविस अध्यक्ष राजु विष्टले समन्वयकारी भूमिका खेलेका थिए ।

वडा नं १ का वडाध्यक्ष तासी डोन्डुप ठकुरी, वडा नं ३ का अध्यक्ष आम्ची सामतेन धाक्पा गुरुङ, वडा नं ४ का अध्यक्ष छिरिङ गोम्पो गुरुङ, वडा नं ५ का अध्यक्ष आम्ची छिरिङ छोडुप गुरुङ र गाउँपालिकाका प्रमुख पैशासकीय अधिकृत छायालाल मोक्तोनले अहिलेको विषम परिस्थितिमा पनि विकट गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन भएकामा खुशी व्यक्त गरे ।

सो अर्गनाइजेशनको आयोजनामा हरेक वर्ष यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिंदै आएको बताइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १२ : ०२ बजे

कवीन्द्रले भने- रास्वापाले २८९ पालिका र ४ हजार ४८७ वडामा संगठन विस्तार गर्न सकेन

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीले अझै ४ हजार ४ सय ८७

महामन्त्री बुर्लाकोटीले भने- आफ्ना खुट्टामा अल्झेनौँ भने कसैले लडाउन सक्दैन

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको सांगठनिक प्रतिवेदन

जापानद्वारा दुई वर्षमा पहिलो पटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

टोकियो– दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

सिरहा– लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य

टंकको ‘अशोक हार्दैछन्’ भन्ने स्ट्याटसबारे अशोक : दर्शकले हार्न दिनुभएन

काठमाडौं – ‘मन बिनाको धन’को प्रदर्शनको संघारमा राखेको स्ट्याटसबारे टंक