ओलीको भेटघाटले साम्य होला नेकपाको विवाद ? « Khabarhub

ओलीको भेटघाटले साम्य होला नेकपाको विवाद ?


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी आन्तरिक विवादमा फसेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली विवाद मिलाउन आफैँ दौडधुपमा उत्रिएका छन् ।

शनिबार उनी राजनीतिक भेटवार्तामा व्यस्त भए । बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका उनले पार्टी भित्र भइरहेका कामका विषयमा छलफल गरे । खुमलटारमा ओलीले आफूविरोधी ‘आरोपपत्र’ फिर्ता लिन प्रचण्डलाई आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ । यता प्रचण्डले पनि विवादास्पद अध्यादेश फिर्ता लिन गरिएको सहमति कार्यान्वयन हुनुपर्ने र विगतमा भएका सहमति कार्यान्वयमा आउनुपर्ने बताएका थिए ।

दुई अध्यक्षबीचको भेटकै क्रममा उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए । खुमलटारमा तीन नेताबीच झण्डै २ घण्टा छलफल भएको थियो । छलफल पार्टीको आन्तरिक गतिविधिकै विषयमा केन्द्रित भएको थियो ।

खुमलटारबाट बाहिरिएको ओली नेकपा सचिवालयसमेत रहेका गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुगे । पुल्चोकस्थित मन्त्री क्वाटरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग छलफल गरे ।

पार्टीमा विवाद बढिरहेको बेला प्रधानमन्त्रीको पछिल्लो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसरी राजनीतिक भेट बाक्लिदाँ राजनीतिक वृत्तमा प्रधानमन्त्रीले ठूलै निर्णय लिनसक्ने अनुमान गरिएको छ । यद्यपि केही राजनीतिक जानकारले भने नेकपा विवाद पुनः केही समय मथ्थर हुने विश्वास गरेका छन् ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला खुमलटारमा भएको नेताहरूको यो भेटले निकास दिने अपेक्षा गरिएको छ । दाहाल-नेपाल समूहले भेला तीब्र पारेपछि निकटस्थहरूले समेत ओलीलाई मिलेर जान दबाब दिइरहेका छन् ।

अध्यादेश फिर्ता लिन भएको सहमति कार्यान्वयन नगरेपछि दाहाल-नेपाल समूह ओलीविरूद्ध कठोर कदम चाल्ने रणनीतिमा लागेको छ । यसैको श्रृंखलास्वरूप दाहाल-नेपाल समूहले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भेला तथा प्रशिक्षणसमेत गरेपछि ओली अझ बढी दबाबमा छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली पहिलोपटक खुमलटार पुगेका हुन् । यसअघि उनी २०७४ मा प्रचण्डलाई भेट्न उनको निवास पुगेका थिए ।

यता शुक्रबार पूर्व माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा भएको भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले आफूलाई पटक–पटक झुक्याएको र ‘रबर स्ट्याम्प’ बनाएको भन्दै गुनासो गरेका थिए । उनले ओलीले आफ्ना कुरा सुन्दै नसुनेको आरोप लगाएपछि ओली पनि प्रचण्डलाई भेट्न खुमलटारु पुगे ।

प्रचण्ड आफूप्रति चिडिएको थाहा पाएपछि ओली खुमलटार पुगेको हुनसक्ने एक नेताले बताए ।

नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार अब विवाद साम्य हुने देखिएको छ । उनले भने, ‘अध्यक्ष ओलीसँगका गुनासाका बारेमा छलफल भएपछि दुबै अध्यक्ष विवाद मिलाएर अघि बढ्ने छन् । बेग्ला बेग्लै भेला र फरकफरक ‘ब्रिफिङ’ले दुवैबीच बढेको दूरी पनि अब कम हुन्छ । हामी आशावादी छौँ नेकपाको विवाद चाँडै साम्य हुन्छ । र सरकारले जन अपेक्षा अनुसार काम अघि बढाउँछ ।’

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  २ : २७ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको