१०३ वर्षीया छत्रमायाले पाइन् नागरिकता « Khabarhub

१०३ वर्षीया छत्रमायाले पाइन् नागरिकता


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– कमलामाई नगरपालिका–१३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गरेकी छन् । १०३ वर्षको उमेरमा उनले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार नागरिकता प्राप्त गरेकी हुन् ।

उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरे । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सेवासुविधाबाट वञ्चित थिइन ।

नागरिकता नभएर राज्यले प्रदान गर्ने सेवासुविधाबाट वञ्चित भएको समाचार सुनेपछि वडाध्यक्ष किरण माझीलाई फोन गरेर वृद्धा आमाको विवरण बुझ्न आग्रह गरेको र नागरिकता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

“आवश्यक कागजपत्रसहित ती आमालाई पत्ता लगाएर जिल्ला प्रशासन कार्यालयमा लिएर आउन आग्रह गरेकामा आज आएकाले नागरिकता प्रदान गरेका हौँ,” उनले भने, “विसं १९७४ माघ १५ गते जन्मनुभएकी छत्रमायाले १०३ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।”

नागरिकता नहुँदा राज्यले दिने सेवासुविधाबाट वञ्चित भएकी छत्रमायाले अब वृद्धभत्ता प्राप्त गर्न बाटो खुलेको छ । पाँच वर्षअघि छत्रमायाका श्रीमान्को निधन भएको थियो । यसपछि उनलाई नाति पर्ने पदमबहादुर रानामगरले पालनपोषण गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ३ : १५ बजे

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ

कलाकार डेविड महर्जनले पाए शिवा–रागिनी पुरस्कार

काठमाडौं– कलाकार डेविड महर्जनलाई शिवा–रागिनी पुरस्कार प्रदान गरिएको छ। शिवाता

२६ दिनमै मन्त्री खुस्किएपछि कलाकारको व्यङ्ग्य : जोगीलाई मन्त्री बनाउने कि ?

काठमाडौं – सम्पत्ति शुद्धिकरणका अनुसन्धनामा तानिएका दीपक भट्टसँग जोडिएकाले नागरिकस्तरको

युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी

किएभ– युक्रेनको आक्रमणपछि रूसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा