‘कोभिड–१९ सङ्क्रमणमा चेलीबेटी उद्धारमा समस्या’ | Khabarhub Khabarhub

‘कोभिड–१९ सङ्क्रमणमा चेलीबेटी उद्धारमा समस्या’


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले कोभिड–१९ को सङ्क्रमणका समयमा चेलिबेटी उद्धारमा समस्या परेको बताएकी छिन ।

इनर ह्वील क्लब अफ वाग्मतीले आयोजना गरेको ‘कोभिड–१९ सङ्क्रमण समस्या, महिला हिंसा र उद्धार’ विषयक भर्चुअल कार्यक्रममा उनले नेपाली शिक्षित नभएसम्म चेलिबेटी बेचविखन तथा महिला हिंसा नरोकिने बताइन ।

“सरकारले बलात्कारीका लागि कडा कानून ल्याएको छ, यसलाई कार्यान्वयनतर्फ लैजानुपर्छ”, उनले भनिन ।

अध्यक्ष कोइरालाले माइती नेपालका पहलमा कोभिड–१९ का समयमा समस्यामा परेका महिलालाई सहयोग गरिएको बताउँदै माइती नेपालले हालसम्म २० हजारभन्दा बढी चेलीबेटी तथा बालबालिकालाई उद्धार गरिसकेको जानकारी दिइन ।

इनर ह्वील क्लब अफ वाग्मतीका अध्यक्ष लक्ष्मी खतिवडाका अनुसार नेतृत्व र परिवर्तन भन्ने मूल नारा बोकेको इनर ह्वीलका ३४ तथा देशभरका २८ क्लबमा ७०० भन्दा बढी सदस्य छन् ।

इनर ह्वील क्लबले हाल देशभरका एक दर्जन बालिकालाई नर्सरीदेखि स्नातक तहसम्म निशुल्क पढाउनाका साथै वृक्षरोपण, रक्तदान, अशक्त बालबालिकालाई सहयोग, वृद्धवृद्धासँग साक्षात्कारलगायत कार्य गर्दै आएको क्लबका रीता घिमिरेले जानकारी दिइन ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : ३९ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्