‘कोभिड–१९ सङ्क्रमणमा चेलीबेटी उद्धारमा समस्या’ « Khabarhub

‘कोभिड–१९ सङ्क्रमणमा चेलीबेटी उद्धारमा समस्या’


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले कोभिड–१९ को सङ्क्रमणका समयमा चेलिबेटी उद्धारमा समस्या परेको बताएकी छिन ।

इनर ह्वील क्लब अफ वाग्मतीले आयोजना गरेको ‘कोभिड–१९ सङ्क्रमण समस्या, महिला हिंसा र उद्धार’ विषयक भर्चुअल कार्यक्रममा उनले नेपाली शिक्षित नभएसम्म चेलिबेटी बेचविखन तथा महिला हिंसा नरोकिने बताइन ।

“सरकारले बलात्कारीका लागि कडा कानून ल्याएको छ, यसलाई कार्यान्वयनतर्फ लैजानुपर्छ”, उनले भनिन ।

अध्यक्ष कोइरालाले माइती नेपालका पहलमा कोभिड–१९ का समयमा समस्यामा परेका महिलालाई सहयोग गरिएको बताउँदै माइती नेपालले हालसम्म २० हजारभन्दा बढी चेलीबेटी तथा बालबालिकालाई उद्धार गरिसकेको जानकारी दिइन ।

इनर ह्वील क्लब अफ वाग्मतीका अध्यक्ष लक्ष्मी खतिवडाका अनुसार नेतृत्व र परिवर्तन भन्ने मूल नारा बोकेको इनर ह्वीलका ३४ तथा देशभरका २८ क्लबमा ७०० भन्दा बढी सदस्य छन् ।

इनर ह्वील क्लबले हाल देशभरका एक दर्जन बालिकालाई नर्सरीदेखि स्नातक तहसम्म निशुल्क पढाउनाका साथै वृक्षरोपण, रक्तदान, अशक्त बालबालिकालाई सहयोग, वृद्धवृद्धासँग साक्षात्कारलगायत कार्य गर्दै आएको क्लबका रीता घिमिरेले जानकारी दिइन ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : ३९ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी