ब्रेकिङ : वैशाख २३ वा २९ मा चुनाव गर्न ओलीको प्रस्ताव « Khabarhub

ब्रेकिङ : वैशाख २३ वा २९ मा चुनाव गर्न ओलीको प्रस्ताव

सिफारिस रोक्न मिल्दैन- राष्ट्रपतिका सल्लाहकार


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले  वैशाख २३ वा २९ मा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले वैशाख २३ वा २९ मा चुनावको प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

संसद विघटनको मन्त्रिरपरिषदको सिफारिस लिएर राष्ट्रपति कार्यालय शितल निवास पुगेका उनको प्रस्तावलाई राष्ट्रपति विद्यादेवि भण्डारीले भने अनुमोदन गरेकी छैनन् । सो प्रस्ताव राखेर प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्किएका छन् ।

सिफारिस रोकिँदैन- राष्ट्रपतिका सल्लाहकार

राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले मन्त्रिपरिषदका सिफारिस राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् ।

‘राष्ट्रपति संवैधानिक हुनुहुन्छ, कार्यकारी अधिकार उहाँमा नभएकाले सरकारको सिफारिस रोक्न मिल्दैन, रोकेमा असंवैधानिक ठहरिन्छ, डेड बडीमा साइन गर्न परे पनि उहाँबाट रोकिन्न,’ यादबले भने ।

राष्ट्रपतिलाई संविधानले दायाँबायाँ गर्ने अधिकार नै नदिएको उनले बताए । सरकारले सिफारिस गरेको पछिल्लो निर्णयलाई अब संविधानको धारा ६३ बमोजिम अघि बढाउने उनले बताए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १ : ०३ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको