प्रचण्ड निवासमा दाहाल-नेपाल समूहका नेताहरूको 'आकस्मिक' बैठक | Khabarhub Khabarhub

प्रचण्ड निवासमा दाहाल-नेपाल समूहका नेताहरूको ‘आकस्मिक’ बैठक

बामदेब गौतम र बादल अनुपस्थित


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरू खुमलटारमा ‘आकस्मिक’ छलफलमा जुटेका छन् ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी बैठकले संसद विघटनको प्रस्ताव सिफारिस गर्ने ओलीको कदमविरूद्ध सामूहिक धारणा तय गर्नेछ ।

यसअतिरिक्त बालुवाटारमा पूर्वनिर्धारित स्थायी कमिटी बैठकको आवश्यक तयारी पनि भइरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जनाएका छन् ।

बैठकमा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा’बादल’ भने सरिक छैनन् । यद्यपि उनीहरू आउने अपेक्षा गरिएको सापकोटाले बताए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अमर्यादित र अराजक भएको नेपालले बताएका छन् ।

पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठकमार्फत संसद विघटको सिफारिस गरेकोमा कडा आपत्ति जनाउँदै नेता नेपालले ओलीको उक्त कदम ‘अराजक’ भएको बताइसकेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १ : १२ बजे

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी

काठमाडौं – इजरायली सेनाले गाजामा हमासका प्रमुख याया सिनवरको शव

बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १४ बुइपामा किरातकालीन प्रथम

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा