राष्ट्रपतिलाई महाअभियोगको तयारीपछि प्रतिनिधि सभा विघटन : प्रधानमन्त्री ओली « Khabarhub

राष्ट्रपतिलाई महाअभियोगको तयारीपछि प्रतिनिधि सभा विघटन : प्रधानमन्त्री ओली


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउने तयारी भएपछि प्रतिनिधि सभा विघटनको अवस्था पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

नेकपाकै एक तिहाई सांसदहरुको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको सूचना पाएपछि संसद विघटन गरेको ओलीले बताएको स्रोतले जनाएको छ ।

संसद विघटनको सिफारिस बोकेर राष्ट्रपति निवास पुगेका ओलीले भण्डारीसँग पनि विघटन गर्नुपर्नको कारण महाअभियोग भएको जानकारी गराएको जनाइएको छ ।

‘करिव २ तिहाई जनमतसहितको सरकारलाई अपदस्त गराउने कच्चा खेलमा आफ्नै पार्टीका नेता लागेको पाइयो, बरू नयाँ जनादेशमा जानु नै उपयुक्त ठानेर प्रधानमन्त्रीले कदम चाल्नु भएको विश्वव्यापी मान्यता पनि यही हो,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

संसदका २५ प्रतिशत सांसदहरुले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

आकस्मिक बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा विघटन गर्ने आइतबारको प्रस्ताव राष्ट्रपति भण्डारीले अपराह्न अनुमोदन गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा २०७८ साल वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी मितिसमेत तोकिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ३ : ०७ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका