अविश्वास प्रस्ताव रोक्ने प्रयास असफल भएपछि संसद विघटन : नेता पोखरेल « Khabarhub

अविश्वास प्रस्ताव रोक्ने प्रयास असफल भएपछि संसद विघटन : नेता पोखरेल


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्ताव रोक्ने प्रयास असफल भएपछि संसद विघटन गरिएको जनाएका छन् ।

उनले दलभन्दा बाहिरबाट प्रधानमन्त्रीविरुद्ध लगिएको अविश्वास प्रस्ताव दर्ता गर्ने प्रयास असफल भएपछि बाध्यातात्मक रूपमा प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जानुपरेको बताएका हुन्।

उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै यो अवस्था आउनुमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पनि जिम्मेवार रहेको बताएका छन् । उनले भनेका छन्, ‘चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ ।’

सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरुलाई फाइदा पुग्ने भन्दै उनले गम्भीर र जिम्मेवार बन्न पनि अनुरोध गरेका छन् ।

के लेखेका छन् सामाजिक सञ्जालमा ?

पार्टी एकताको मर्म विपरितको समिकरण,पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको…

Posted by Shankar Pokhrel on Sunday, 20 December 2020

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ८ : ४४ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र