पार्टी एकताको काम सकियो, भोलि घोषणा हुन्छ– प्रचण्ड « Khabarhub

पार्टी एकताको काम सकियो, भोलि घोषणा हुन्छ– प्रचण्ड


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकि काम टुंगिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको प्रचण्डको भनाइ थियो ।

पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकताको बाँकि काम आजै बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको बताए ।

पार्टी एकताको बाँकी काम प्रधानमन्त्री ओलीसँगको छलफलबाट टुंगो लगाइएको छ र त्यसलाई भोलि घोषणा गर्नेगरि निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको छ’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरे÷नगरेको समिक्षा गरेर अघि बढने पनि बताए । उनले जनताको अपेक्षा अनुसार पार्टी र सरकारको काम कार्वाहीलाई अघि बढाउन ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारा अघि सारिएको पनि स्मरण गराए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १२ : ४३ बजे

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा