आज पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु | Khabarhub Khabarhub

आज पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर पश्चिमी वायुको प्रभावले पूर्वी, मध्य र पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।  तर, दिउँसोसम्म हुस्सु खुलेर घाम लाग्ने मौसमविद शान्ति कडेँलले जानकारी दिइन् ।

महाशाखाका अनुसार मुलुकभरको तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भएको छ । आज बिहान काठमाडौँ उपत्यकाका तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

तराईका जिल्लाहरूमा सबैभन्दा कम बाराको सिमराको तापक्रम ४.५ डिग्रीमा झरेको छ । केही दिनयता तराईका जिल्लाहरुमा अधिकांश समय हुस्सु लागे पनि शितलहर भने भइनसकेको महाशाखाले जनाएको छ ।

४८ घण्टासम्म घाम नदेखिने गरी बाक्लो हुस्सु र कुहिरो लागेमा शीतलहर भएको ठानिने मौसमविद मिनकुमार अर्याल बताउँछन् ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहे पनि अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : २९ बजे

कांग्रेसको राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम चयन

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी