आज पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु « Khabarhub

आज पश्चिमी वायुको प्रभावले तराईमा बाक्लो हुस्सु


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर पश्चिमी वायुको प्रभावले पूर्वी, मध्य र पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।  तर, दिउँसोसम्म हुस्सु खुलेर घाम लाग्ने मौसमविद शान्ति कडेँलले जानकारी दिइन् ।

महाशाखाका अनुसार मुलुकभरको तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भएको छ । आज बिहान काठमाडौँ उपत्यकाका तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

तराईका जिल्लाहरूमा सबैभन्दा कम बाराको सिमराको तापक्रम ४.५ डिग्रीमा झरेको छ । केही दिनयता तराईका जिल्लाहरुमा अधिकांश समय हुस्सु लागे पनि शितलहर भने भइनसकेको महाशाखाले जनाएको छ ।

४८ घण्टासम्म घाम नदेखिने गरी बाक्लो हुस्सु र कुहिरो लागेमा शीतलहर भएको ठानिने मौसमविद मिनकुमार अर्याल बताउँछन् ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहे पनि अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : २९ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच