आजको पुँजीवादी चीन | Khabarhub Khabarhub

आजको पुँजीवादी चीन


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै समयमा चीन र अमेरिकाले एक अर्कालाई कसरी अँगालेका थिए भन्ने जटिल इतिहासले वर्तमान टकराव कसरी सम्बोधन गरिएको छ भन्ने जानकारी दिनुपर्छ ।

ट्रम्प प्रशासनले चिनियाँ अधिकारी र चीनको कम्युनिष्ट पार्टीका सदस्यहरूलाई स्वीकृति दिने विचार अघि सारेको छ । यो विचार राम्रो हो कि होइन भनेर सोध्नुअघि, हामीले चीन र अमेरिकी सम्बन्ध यस चरणमा कसरी पुग्यो भनेर सोच्नु महत्वपूर्ण हुन्छ ।

शीत युद्धकालमा सोभियत संघ र अमेरिकाबीच विचारको युद्ध थियो । तर, चीनसँगको अमेरिकीको अडान फरक छ । चिनियाँ राज्यको कुनै विचारधारा, कुनै धर्म वा कुनै नैतिक एजेन्डा छैन । हुन त अहिले पनि यसले समाजवादी सिद्धान्तको वकालत गर्छ तर त्यो देखावटी मात्रै छ । यो वास्तवमा पुँजीवादमा आधारित तानाशाही राज्य हो । आज संसारले स्वतन्त्र बजारमा आधारित अमेरिकी पुँजीवाद र चिनियाँ राज्य नियन्त्रित पुँजीवाद बीचको प्रतिस्पर्धा देखिरहेको छ । अब यहाँ प्रश्न आउँछ, हामीले यो चेसबोर्डमा आधारित खेल कसरी बुझ्ने ?

‘आन्तरिकरूपमा दमन र बाह्यरूपमा स्वतन्त्र’ माओपछिका शासकले चीनमा यही सिद्धान्त अङ्गीकार गरेका छन् । यसका लागि व्यावहारिक सिप उसले विदेशबाट आयात गरेको छ । हाल भर्ना भएका अनुमानित ३६ लाख चिनियाँ विद्यार्थी अमेरिकाको खुला बजारबाट आएका छन् । करीब ४० वर्षमा कम्तीमा दस लाखभन्दा बढी विद्यार्थी अमेरिकाबाट चीन फर्किएका छन् । ती विद्यार्थीले चीनको तानाशाही व्यवस्थाका लागि अधिनायकवादी संरचना निर्माणमा आफूले जानेको नयाँ प्रविधि र ज्ञानको प्रयोग गर्दै आएका छन् । यो इतिहासमा नै धेरै मानिसको स्थानान्तरणको घटना हुन सक्छ ।

सन् १९८० मा अमेरिकामा पढ्नका लागि आवेदन भर्दै गर्दा, मैले एउटा प्रश्नको उत्तर लेख्नु पर्‍यो । प्रश्न थियो- के तपाईं कहिल्यै कम्युनिष्ट पार्टीको सदस्य हुनुभएको छ ?

चीनको राजनीतिक केन्द्रबाट आफ्ना नागरिकलाई ‘झगडा नगर्न’ तर ‘आफ्नो स्थानको दाबी नछोड्न’ संकेत आयो । चिनियाँहरूको बुई चढेर उकालो लागेका पश्चिमाहरूले के नै पो गर्न सक्थे र ! उनीहरू भेउ नै नपाएको मध्य पहाडबाट तल झर्न बाध्य भए ।

यस्तो प्रश्न सोध्नुको तात्पर्य सम्भाव्यरूपमा वैचारिक जोखिमबाट बच्नु थियो । यो कुरामा कुनै शंका छैन कि म र मजस्ता पार्टीका सदस्य समेत रहेका थुप्रै चिनियाँ विद्यार्थीहरू प्रायः छात्रवृत्तिसहित अमेरिकाका उत्कृष्ट विद्यालय जाने गर्छन् ।

अमेरिकीहरूले सामान्यतया यी विद्यार्थीहरूले उदार मूल्यको अपिल महसुस गर्नेछन् र कालान्तरमा त्यसलाई चीनसम्म पुर्‍याउनेछन् भन्ने सोचेका थिए । यद्यपि के भयो भने चिनियाँ विद्यार्थीहरूले दुई देशबीचको सांस्कृतिक भिन्नताहरू बुझे र अमेरिकी मूल्य मान्यताहरू अमेरिकाका लागि ठीक छ तर चिनियाँ प्रणालीमा कहिल्यै पनि काम गर्दैन भन्ने तर्कसङ्गत निष्कर्ष निकाले ।

यदि अमेरिकीहरूले आशा गरेजस्तै ती मूल्यको निर्यात हुँदो हो त अमेरिकाले अहिलेसम्म चीनलाई जितिसकेको हुने थियो तर वास्तवमा के भएको छ ? फर्केका व्यक्तिहरू अहिले चिनियाँ व्यापार र उद्योगका धेरैजसो नेताहरू छन् । अमेरिका विरोधी आवाज चीनमा आज पनि त्यतिकै प्रबल छ जुन माओको पालका थियो ।

प्रायः यी गतिविधिका लागि वासिङटन जिम्मेवार छ । सन् १९८९ मा टियानानमेन स्क्वायरमा भएको नरसंहारपछिका वर्षहरूमा दुबैतर्फका प्रशासनले बेतुका सिद्धान्तलाई जोड दिएका थिए । उनीहरूको तर्कअनुसार सबैभन्दा राम्रो योजना भनेको चीनलाई धनी बनाउनु र त्यसपछि स्वतन्त्रता र लोकतन्त्रलाई पुँजीवादी विकासको अवधारणाको रूपमा विकसित गर्नु थियो ।

कुनै पनि चिजलाई सहजै चपाउन सक्ने पुँजीवादी प्रतिस्पर्धाको यो क्रुरतन्त्रले चीनलाई सहजै परिर्वतन गर्न सक्ला ? राजनीतिक शासनले खासै परिर्वतनको आभास दिलाउन सकेन । केही परिर्वतन भयो भने त्यो हो अमेरिका, जसका व्यापारी नेताहरूले चिनियाँ तानाशाहीहरूलाई नतमस्तक भावको मुस्कान सहित हेर्छन् ।

चीन एक रोमाञ्चक व्यापारिक साझेदारका रूपमा अघि आयो । यस्तो व्यापारिक साझेदार कि उसको राज्यमा न कुनै श्रमिक अधिकार छ न त स्वास्थ्य सुरक्षा सम्बन्धी प्रबन्ध । त्यो व्यापारिक साझेदारको राज्यमा राजनीतिक दलबीचको खिचातानीका कारण कुनै किसिमको निराशाको अवस्था छैन, न त काममा ढिला सुस्ती नै छ ।

यस्तै, उसका राज्यमा न त कुनै मिडियाको आलोचनाको डर छ न त स्वतन्त्र न्यायालयको खतरा । युरोपियन र अमेरिकी कम्पनी जसले निर्यातका लागि सामग्री उत्पादन गर्थे, उनीहरूका लागि यो व्यवस्था सपना साकार भएतुल्य भयो ।

कष्ट सहन सक्ने क्षमतामा अमेरिका चीनको नजिक पनि छैन । त्यहाँ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता सही थिए । तानाशाही व्यवस्थामा बलिदान शासकले दिँदैन । सन् १९६० मा माओले भनेका थिए- के हामीलाई काटेर अघि बढ्नुहुन्छ ? आठ, दस वर्षमा, चीनसँग सबथोक हुनेछ ।

चीनका विभिन्न भागहरूमा पैसाको वर्षा नै भएको कुरा सत्य हो । यो सत्यसँग जोडिएको अर्को सत्य पनि थियो । त्यो हो, देशको भविष्य धितो राख्नु पर्ने स्थिति । चिनियाँ शासकले लिएका केही नीतिका कारण समाज उम्किनै नसक्ने मानवताहीनता र नैतिक दलदलमा पर्‍यो ।

पश्चिमाहरूले यो व्यवस्थासँग आफूलाई चाँडै अभ्यस्त बनाए । तिनीहरूले उदार मूल्यको बारेमा कुरा गर्न छोडे र तानाशाही व्यवस्था सदर गरे । हाल चीनको आर्थिक अवस्था बलियो हुनुमा दुई नेताको सिद्धान्तले महत्वपूर्ण भूमिका खेलको छ । तेङ सियाओपिङको ‘झगडा नगर्ने’ र जियाङ जेमिनको ‘झुट कम बोल्ने, धेरै पैसा कमाउने’ सिद्धान्तका कारण चिनियाँहरूको आर्थिक विकास सम्भव भएको हो ।

युरोपेली र अमेरिकी व्यापारहरूले चीनको आर्थिक विकास हुन थालेको सुरुवाती चरणमा निकै समृद्धि हासिल गरे । उनीहरू आफ्ना चिनियाँ साझेदारहरूले बोकेको पाल्की कुर्सीमा बसेर पहाड चढ्दै थिए । उनीहरूको यात्रा गज्जबको थियो । पहाडको मध्यभागसम्म पुग्दा पश्चिमाहरूको यात्रामा मज्जाको हावा र चम्किलो सूर्य थियो । पश्चिमाहरूको कुर्सी बोकेका चिनियाँहरूले जब पालकी बिसाउँदा पालो फेर्न अनुरोध गरे तब चनियाँहरूलाई पनि पश्चिमाहरूले ओगटेको पाल्कीमा आफू बस्नु पर्‍यो ।

चीनको राजनीतिक केन्द्रबाट आफ्ना नागरिकलाई ‘झगडा नगर्न’ तर ‘आफ्नो स्थानको दाबी नछोड्न’ संकेत आयो । चिनियाँहरूको बुई चढेर उकालो लागेका पश्चिमाहरूले के नै पो गर्न सक्थे र ! उनीहरू भेउ नै नपाएको मध्य पहाडबाट तल झर्न बाध्य भए ।

कोभिड १९ ले अमेरिकीहरूलाई उनीहरूले व्यहोर्नुपर्ने संकटका विषयमा अर्ध जानकारी दिएको छ । यो रोग अमेरिकाका दुई प्रमुख राजनीतिक दलका लागि पेचिलो राजनीतिक मुद्दा त बनेको छ नै तर यसले पश्चिमाको प्रणालीलाई पनि चुनौती दिएको छ । यो अहिलेको वास्तविक संकटको रूपमा देखापरेको छ ।
अन्यका लागि अमेरिकी कर्मचारीतन्त्रभित्र गडबडी प्रणालीका रूपमा देखिएको छ जसमा भविष्यका लागि न त दीर्घकालीन योजना छ न त आकांक्षा नै ।

यसबाट के देखिन्छ भने अमेरिकाले आफ्नो विचार छोडिसकेको छ, जसका लागि ऊ परिचित थियो, अल्पकालीन योजनामा चल्ने पुँजीवादको बन्धकका रूपमा अमेरिका अगाडि आएको छ ।

‘प्रतिबन्ध’ शीत युद्धकालमा प्रयोग भएको शब्द हो जसले पुरानो नीतिलाई प्रतिनिधित्व गर्छ । यदि अमेरिकाले परिवर्तित सन्दर्भमा पुरानो विचारबाट बाहिर निस्किएर सोच्न सक्दैन भने यस परिवर्तित संसारमा उनीहरूको स्थानको प्राथमिकता हराउनेछ ।

के प्रतिबन्धहरू नै समस्या समाधानको बाटो हो ? हालै बेइजिङको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका र चीन आर्थिकरूपमा सघनरूपमा जोडिएको बताउँदै उनीहरू आफैँ एक आपसमा प्रतिबन्ध लगाउने अवस्थामा पुगेको आशयको अभिव्यक्ति दिएका थिए ।

साथै, कष्ट सहन सक्ने क्षमतामा अमेरिका चीनको नजिक पनि छैन । त्यहाँ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता सही थिए । तानाशाही व्यवस्थामा बलिदान शासकले दिँदैन । सन् १९६० मा माओले भनेका थिए- के हामीलाई काटेर अघि बढ्नुहुन्छ ? आठ, दस वर्षमा, चीनसँग सबथोक हुनेछ ।

त्यसको केही समयपछि चीनले आणविक हतियार आविष्कार गर्‍यो । त्यसपछि चीन कसैसँग डराएन ।

पश्चिमाले आफ्ना प्रणालीहरू राजनीतिक र सांस्कृतिक दृष्टिकोणहरूमा पुनर्विचार गर्नुपर्छ र आफ्नो मानवीयता पुनः खोजी गर्नुपर्छ । हालका चुनौतीहरू केवल राजनीतिक छैनन्, तिनीहरू बौद्धिक पनि छन् । यो समय पुरातनवादी सोच र त्यसलाई नियन्त्रण गर्ने शब्दावली त्याग्ने हो । नयाँ शब्दावली बिना नयाँ सोच पैदा हुन सक्दैन । उदाहरणका लागि, हङकङको वर्तमान संघर्षमा सिद्धान्त सरल छ र विश्वास शुद्ध छ । हङकङका नयाँ राजनीतिक पिँढी पश्चिमा देशको सम्मान पाउन र त्यस विषयमा चर्चा गर्न नयाँ शब्दावलीको हकदार छन् ।

‘प्रतिबन्ध’ शीत युद्धकालमा प्रयोग भएको शब्द हो जसले पुरानो नीतिलाई प्रतिनिधित्व गर्छ । यदि अमेरिकाले परिवर्तित सन्दर्भमा पुरानो विचारबाट बाहिर निस्किएर सोच्न सक्दैन भने यस परिवर्तित संसारमा उनीहरूको स्थानको प्राथमिकता हराउनेछ ।

(लेखक ऐ वीवेइ कलाकार र अधिकारवादी हुन् । चिनियाँ भाषामा प्रकाशित यो लेख अंग्रेजीबाट नेपालीमा भावानुवाद गरिएको हो ।)

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ११ : १० बजे

कोप-१९ : विकासोन्मुख देशलाई तीन सय अर्ब डलर सहयोग गर्ने सहमति

बाकु – अजरबैजानको बाकुमा सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घीय जलवायु

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी– देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठा क्षेत्रफलमा बन्दागोभी