आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ « Khabarhub

आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । जसअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, आलु रातो (मुडे) प्रतिकिलो ३९, आलु सेतो प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।

प्याज सुकेको (भारतीय) प्रतिकिलो ५०, गाजर (लोकल) प्रतिकिलो ७०, गाजर (तराई) प्रतिकिलो ५५, बन्दा (लोकल) प्रतिकिलो ३५, काउली स्थानीय प्रतिकिलो ८०, मूला रातो प्रतिकिलो ४५, सेतो मूला (लोकल) प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ४० र मकै बोडी प्रतिकिलो ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १८०, घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४०, घिउ सिमी (राजमा) प्रतिकिलो ११०, टाटे सिमी मूल्य प्रतिकिलो ६५, भटमास कोसा प्रतिकिलो १४०, तीतो करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।

परबर (लोकल) प्रतिकिलो ४०, परबर (तराई) प्रतिकिलो ४०, चिचिण्डो प्रतिकिलो ३०, घिरौला प्रतिकिलो ५५, झिगुनी प्रतिकिलो ५५, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५, भिण्डी प्रतिकिलो ४५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुुर साग प्रतिकिलो ४०, तोरीको साग प्रतिकिलो ४०, मेथीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ३७०, कुरिलो प्रतिकिलो ३००, निगुरो प्रतिकिलो ४० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो ७०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिला १००, जिरीको साग प्रतिकिलो १००, ग्याठकोभी प्रतिकिलो ७०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो ६००, सौफको साग प्रतिकिलो १२०, पुदिना प्रतिकिलो १४०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३३०, केरा (दर्जन) १५०, कागती प्रतिकिलो १४०, अनार प्रतिकिलो ३३०, आँप (माल्द) प्रतिकिलो ८५, आँप (दशहरी) प्रतिकिलो ९०, अङ्गुर (हरियो) प्रतिकिलो २५०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २५० रुपैयाँ रहेको छ ।

भुइँकटहर प्रतिगोटा १९०, काँक्रो (लोकल) प्रतिकिलो ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०,खकटहर प्रतिकिलो ६०, नास्पाती (चाइनिज) प्रतिकिलो २६०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो १००, लिची (लोकल) प्रतिकिलो २७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो ११०, खुर्सानी सुकेको प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ३०, खुर्सानी हरियो अकबरे प्रतिकिलो ३५०, भेडे खुर्सानी प्रतिकिलो ११०, हरियो धनियाँ प्रतिकिलो ८०, लसुन सुकेको चाइनिज प्रतिकिलो २००, लसुन सुकेको नेपाली प्रतिकिलो १७०, छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ रहेको छ ।

छ्यापी हरियो प्रतिकिलो १२०, ताजा माछा (रहु) प्रतिकिलो ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो ३२०, ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो ९०० निर्धारण गरिएको छ । (रासस)

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ९ : ४० बजे

इङ्ग्ल्यान्डको बराबरीमा टिभी केबलले भूमिका खेलेको भन्दै नर्वेका प्रशिक्षक रूष्ट

ओस्लो- नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३