प्रचण्डको प्रधानमन्त्री हुने षडयन्त्र बुझेर यो कदम चालेको हो : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

प्रचण्डको प्रधानमन्त्री हुने षडयन्त्र बुझेर यो कदम चालेको हो : प्रधानमन्त्री ओली


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा नेकपाका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पार्टी कब्जा गर्ने र प्रधानमन्त्री हुने षडयन्त्र बुझेर यो कदम चाल्न बाध्य भएको बताएका छन् ।

आज आफू निकटका नेताहरुको बालुवाटारमा सम्पन्न भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि कब्जा गर्ने नीतिका साथ नेताहरु लागेको आरोप लगाएका छन् ।

ओलीले सरकारले राम्रा काम गर्दा पनि प्रचार गर्नुको साटो विरोध मात्रै गरेको बताएको छलफलमा सहभागी एक नेताले बताए ।

पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने तयारीको विषयमा बोल्दै ओलीले प्रश्न गरे ‘म केपी ओली हुँ । प्रचण्डभन्दा १० वर्ष पहिला पार्टीमा लागेको हुँ । तर मलाई अहिले पार्टीको साधारण सदस्यबाट हटाउने रे ?,’

उनले आफ्नै कारण जनमत आएर पार्टीले झण्डै दुइतिहाइ ल्याएको समेत दावी गरेका थिए । छलफलमा प्रधानमन्त्री आफू ६४ प्रतिशत सांसदको मत प्राप्त गरी प्रधानमन्त्री भएका कारण आफ्नो निर्णयलाई अदालतले नरोक्ने बताएका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : २५ बजे

क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा

काठमाडौं – फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति