तपाईं भित्रका यी ५ खराब बानी जसले तपाईंलाई हानी पुर्याउँछ | Khabarhub Khabarhub

तपाईं भित्रका यी ५ खराब बानी जसले तपाईंलाई हानी पुर्याउँछ


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैले आफूलाई राम्रो भनुन् भन्ने हाम्रो चाहाना हुन्छ । यसकालागी हामी जे गर्न पनि तयार हुन्छौ । तर कतिपय अवस्थामा थाहै नपाई हाम्रो केहि बानीका कारण अरुको सामु हामी नराम्रो बनिदिन्छौ । यस्तो हुनुमा स्वंम् हाम्रो केहि बानीको खराबी हुनसक्छ ।

आज हामी हाम्रो व्यक्तित्वमा, प्रगतिमा, सम्बन्धमा बाधक बनाउने केहि बानी बारे चर्चा गर्नेछौ :

१. अर्काको दुखःमा रमाउने
हामीलाई मन नपरेको वा आफूलाई उछिनेर अघि बढेको मानिसको दुःखमा हामी रमाउने गर्दछौ । अर्थात अरुको हानी, समस्या वा नकारात्मक कुराबाट हामी आनन्द लिन्छौ । यस्तोमा यहि बानिले हाम्रो ब्यक्तित्वमा नकारात्मक असर पर्दछ । तसर्थ यदि कसैले अरुका बारेमा कुनै नराम्रो सुनाउँछ, नराम्रो भएको छ वा उसलाई अप्ठेरो परेको थाहा पाउनु भयो भने यसलाई चासोका साथ नलिनुहोस् । सहयोग गर्न मन नलागे वा नसके यस्ता बिषयबाट पर रहनुहोस् । तपाईं सकारात्मक बन्नुहोस् ।

२. आफूलाई अरुसँग तुलना गर्ने
कतिपय मानिस आफूलाई अरुसँग दाँजेर हेर्छौ । उसको जति प्रगती गर्न नसके, आफ्नो क्षमता उ जस्तो नभए वा सम्पती, रुप, अध्ययन, उचाई र सफलता नभए हामीमा आत्माग्लानी पैदा भइ दुःखी हुन्छौ । तर यसरी तुलना गर्दा हामी आफैलाई अगाडि बढ्नबाट रोक्छ । तसर्थ आफ्नै क्षमता, सिप र अवस्थामा खुसी हुन सक्नु पर्दछ ।

३. अरुमा भर पर्ने
कुनै सानो काममा पनि हामी अरुको भरमा पर्दछौ । कुनै कुराको जानकारी लिन, सामान ल्याउन लान, वा कुनै काममा अरुको सहयोग नभए हामी रिसाउने गर्दछौ । तर आफ्नो काममा अरुको भर पर्नु जस्तो नराम्रो केहि हुदैँन । यस्तो बानीले हामीलाई कहिल्यै आत्मानिर्भर बन्न दिदैन । तसर्थ संभव अनुसार आफ्नो काम आफै गर्ने बानीको विकास गरौं । यो कुरा निर्णय लिने बेलामा समेत लागु हुन्छ ।

४. पछुतो गर्ने
सबैलाई थाहा छ, बितेर गएको समय फर्केर आउँदैन । तर हामी जीवन जिउने क्रममा भएका गल्तीहरु सम्झेर पछुतो र बिलौना गर्दछौ । यो बानी सबैभन्दा घातक हुन्छ । तपाईं बितिसकेको कुरामा जति समय खर्चिनुहुन्छ त्यहि अघि बढ्नबाट रोकिनु हुन्छ । कमजोरीको आत्मबोध बाहेक बितेको कुरामा पछुतो गर्नु समाधान होइन । तसर्थ भएका गल्तीबाट पाठ सिकेर वा त्यसबाट थप उर्जा प्राप्त गरी थप अगाडि बढ्नुपर्छ ।

५. अनावश्यक बिषयमा अल्झिने
हरेक ब्यक्तिको जीवनमा एक लक्ष्य हुन्छ । तर अधिकाशं हामी लक्ष्यभन्दा बाहिरको अनावश्यक कुरामा समय बर्बाद गरिरहेका हुन्छौं । लक्ष्य अनुसारको काम तल्लिन रहँदा समेत हामी कतै कोहि भेटिए गफिने, मोवाइलमा घण्टौ बर्बाद गर्ने वा सुतेर समय बर्बाद गर्छाै । यो बानीले तपाईंले कहिल्यै सफलता पाउनु हुन्न । तसर्थ आफ्नो काममा केन्द्रित हुने, स्पष्ट लक्ष्यका साथ अघि बढ्ने गरेमा जीवन सहि दिशातर्फ बढ्दछ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : २५ बजे

बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं – बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्धः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण

सेनाले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छः प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले राष्ट्रको

थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

काठमाडौं – थाइल्याण्डका पूर्व प्रधानमन्त्री थानिन क्राइभिचियनको ९७ वर्षको उमेरमा