प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनमा रूची थिएन, बाध्य पारियो :  प्रधानमन्त्री ओली « Khabarhub

प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनमा रूची थिएन, बाध्य पारियो :  प्रधानमन्त्री ओली


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन आफ्नो रूची र छनौटका विषय नभए पनि बाध्यातामा पारिएको प्रष्ट्याएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदलाई केही नेताको स्वार्थको बन्धक बताएकाले बाध्य भएर सार्वभौम जनतासँग जानुपर्ने अवस्था आएको उल्लेख गरे ।

‘मुलकलाई अर्कमण्य अवस्थामा राख्न उचित थिएन् । संसदलाई केही नेताका बन्धक बनाइराख्नु जनादेशको अपमान हुन जान्थ्यो,’ उनले भने, ‘दलभित्रको कचिगंलले प्रतिनिधि सभालाई समेत सिकार बनाउने अवस्था पनि अन्त गर्नुपर्थ्यो । यसै परिस्थितिमा नयाँ जनादेशमा जाने निर्णयमा पुगेको हुँ ।’

प्रधानमन्त्रीले सत्तापक्षकै नेताहरु प्रतिपक्षीभन्दा आक्रामक भएको बताउँदै अब हुने चुनावमार्फत लोकप्रियता र क्षमताको मापन गर्न चुनौती दिए ।

उनले बहुमतप्राप्त सर्वसम्मत नेतालाई काम गर्न नदिएको र जस्केलाबाट प्रधानमन्त्री हुन खोजेकाले अलोकप्रिय निर्णयमा पुग्नुपरेको बताए ।

‘प्रधामन्त्री बन्न व्यग्र प्रतिक्षावान र प्रयासमा रहनुभएका नेताहरुलाई ताजा जनादेशले विकल्प दिनेछ,’ उनले भने ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ४ : ०० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट