खान मात्र होइन कपालमा लाउनुहोस् घ्यु पाउनुहुनेछ कमाल | Khabarhub Khabarhub

खान मात्र होइन कपालमा लाउनुहोस् घ्यु पाउनुहुनेछ कमाल


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घ्यू खाना, दाल र तरकारीको स्वाद बढाउन प्रयोग गरीन्छ । तर कतिपयलाई थाहा नहुन सक्छ, पहिला पहिला मानिसहरु कपालमा घ्यु लाउने गर्दथे ।

आजकल घ्युको मुल्य, यसको शुद्धता र अन्य सामाग्रीको उपलब्धताले मानिस कपालमा घ्युको प्रयोग गर्दैनन् । तर कपालमा घ्यु लगाउँदा यसले कपाललाई राम्रो फाइदा गर्दछ ।

गर्मी मौसममा कपाल सुख्खा हुने, फुङ्ग उड्ने, नबढ्ने जस्ता समस्या पनि उत्तिकै भइरहेको हुन्छ । त्यस्ता समस्यामा मानिसहरु विभिन्न औषधी, स्याम्फूको प्रयोग गर्दछन् । तर यस समस्याबाट मुक्तिका निम्ती घरेलु उपायमा घ्यूको प्रयोग निकै उपयोगी मानिन्छ ।

जाडोयाममा कपालमा आउने चायाँको समस्याबाट बच्न घ्युको प्रयोग उपयोगी मानिन्छ । यसले चायाँसँग–सँगै कपाल झर्ने समस्याबाट समेत बचाउँछ । घ्यूमा बदामको तेल मिसाएर मसाज गर्दा कपालमा चायाँ पर्ने र टाउकोमा हुने सुख्खापनबाट छुटकारा मिल्दछ ।

कपाललाई मुलायम बनाउन जैतूनको तेलमा घ्यू मिसाएर मसाज गर्नु पर्दछ । कपालमा पोषणको कमीले हाँगा फाट्ने समस्या हुन्छ । कपाललाई घ्यूले मसाज गरेमा समस्या हटेर जाने गर्दछ । यस अलावा कपाल लामो बनाउन चाहाना भएमा अमला र प्याँजको रसमा घ्यु मिसाएर १५/१५ दिनमा मसाज गरेम कपाल लामो र चम्किलो हुन्छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : ३१ बजे

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

भोजपुर– वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ

क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा

काठमाडौं – फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब