ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति, केन्द्रीय कमिटीमा ५५६ जना थप (भिडियोसहित) « Khabarhub

ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति, केन्द्रीय कमिटीमा ५५६ जना थप (भिडियोसहित)

कसैलाई कारबाही गर्ने मनसाय छैन- ओली


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

उनले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

साविकको केन्द्रीय कमिटीमा उनले ५५६ जना थपेको जनाइएको छ ।  ओलीले अरू १९७ जना पनि थप्ने गरी १ हजार १९९ जनाको महाधिवेशन महाधिवेशन आयोजक समिति प्रस्ताव गरेका हुन् ।

कसैलाई कारबाही गरिन्न-ओली

बैठकमा ओलीले आफूले पार्टी नफुटाउने र कसैलाई पनि कारबाही गर्ने मनसाय नभएको बताएका छन्। बाहिर हल्ला गरिएको जस्तो पार्टी फुटाउने वा अरू कसैलाई कारबाही गर्ने नभइ पार्टीलाई सुदृढ बनाउँदै लाने आफ्नो योजना भएको उनले सुनाए ।

‘मेरो मनसाय पार्टी फुटाउँने हैन र छैन पनि । पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने हो महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व सुम्पिने नै हो म मेरो पूर्ववत घोषणामा अडिग छु,’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

हेरौँ भिडियो

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ११ : ५२ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई