दुई साताभित्र ट्रायल खुलाउने यातायात व्यवस्था विभागको तयारी | Khabarhub Khabarhub

दुई साताभित्र ट्रायल खुलाउने यातायात व्यवस्था विभागको तयारी

यस्ता छन् नयाँ मापदण्ड



काठमाडौँ– भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागले गत मंसिर १७ गते यातायात कार्यालयहरुको माग बमोजिम सवारी चालक अनुमति पत्रको लागि आवेदन खुलाउने निर्णय गर्यो ।

विभागले आफ्नो वेभसाइटमा ७ वटै प्रदेशमा अनलाइनमार्फत आवेदन खुलाउने निर्णय गरेपनि लाइन्सेन्सको लाखि लिइने लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा कहिलेबाट शुरु हुन्छ भन्ने विषय अझैं अन्योल छ ।

कोभिडका नियन्त्रणका लागि गरिएको बन्दबन्दीदेखि नै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) काम बन्द भएको थियो ।

बन्दबन्दीमा दुई पांग्रे र चार पांग्रे सवारी साधन सिक्ने सेवागाह्री भने कति बेला ट्रायल खुल्छ भन्दै प्रतिक्षामा छन् ।

अहिले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउँछन् विभागका महानिर्देशक गोगन बहादुर हमाल ।

९ महिनापछि लाइसेन्सको लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालनको तयारी थालेका छौं’ हमालले खबरहबसँगको कुराकानीमा भने, ‘अब २ साताभित्र ट्रायल खुल्नेछ ।’

त्यसो त कोभिड माहामारी कायमै छ । सेवाग्राहीको धेरै भीड हुने भएकाले यातायात कार्यालय अझैं पनि कोरोना संक्रमणको जोखिम उच्च रहेको क्षेत्रमा पर्छन् । चहलपहल बढिरहेका बेला सवारी चालक अनुमति पत्रका लागि परीक्षा खुलाएपछि कोरोनाको जोखिम बढ्ला नि ?

जवाफमा हमाल भन्छन्, ‘कार्यालय खोलेपछि भीडभाड बढ्छ नै तर त्यहीअनुसार सुरक्षाका मापदण्ड अपनाएर अघि बढ्नुपर्छ । भौतिक दुरी मास्क र स्यानीटाइजर अनिवार्य गर्नेछौं ।’

सवारी चालक अनुमति पत्रका लागि उपत्यकामा भक्तपुरको जगाती, काठमाडौँको सुकेधारा र ठुलो भर्याङ, ललितपुरको एकान्तकुना गरी चार वटा कार्यालय सञ्चालन हुने गर्छन् ।

यस्तो छ मापदण्ड

विभागले देशभर ट्रायलका लागि अनलाइन फारम अनिवार्य गरेको भएपनि त्यसको शुल्क तिर्न भने यातायात कार्यालयको काउन्टरमै पुग्नुपर्नेछ ।

उनका अनुसार तोकिएको शुल्क तिरेपछि परीक्षाको मिति र स्थान बारेको जानकारी कार्यालयले उपलब्ध गराउछन् ।

लिखित परीक्षाका लागि सम्बन्धित कार्यालयमै पुग्नुपर्छ भने प्रयोगात्मकका लागि तोकिएको ट्रायल सेन्टर पुग्नु पर्ने हुन्छ ।

‘परीक्षा अनलाइनबाट सम्भव हुदैन’ उनले भने, ‘त्यसकारण परीक्षार्थी भौतिक रुपमा उपस्थित हुनुपर्ने भएकाले सहभागिहरुले अनिवार्य रुपमा भौतक दुरी मास्क र स्यानीटाइजर अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ ।’

त्यससँगै कोभिड सम्बन्धि विभिन्न नियमहरु उल्लेख गरी परीक्षा लिने स्थानमा सुचना समेत टासिने उनले बताए ।

विगतमा लाइसेन्स छपाइमा ढिलासुस्तीका कारण ट्रायल पास गरेकाहरुले लाइसेन्सका लागि लामो समयसम्म प्रतिक्षा गर्नुपथ्र्यो । तर अब भने लामो समय प्रतिक्षा गर्न नपर्ने उनी बताउँछन् । भन्छन्, ‘अब ट्रायल पास गरेको २ महिनाभित्र लाइसेन्स सेवाग्राहीको हातमा पुग्नेछ ।’

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ३ : ४७ बजे

दुई हजार चार सय ५१ सैन्य दीक्षित

काठमाडौं– नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध किसान महासंघ आन्दोलित

काठमाडौं– भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा अखिल नेपाल किसान

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट

इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद केन्नेसेटलाई सम्बोधन गरिरहेका

कोशी सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने

काठमाडौं– कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत