प्रचण्ड-नेपाल पक्षले भोलिका लागि बोलायो संसदीय दलको बैठक | Khabarhub Khabarhub

प्रचण्ड-नेपाल पक्षले भोलिका लागि बोलायो संसदीय दलको बैठक

केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले बुधबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।

बैठक बुधबार साढे ११ बजे बस्ने जनाइएको छ ।  मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले भोलिका लागि संसदीय दलको बैठक बोलाएको हो ।

पार्टीको अर्को केन्द्रीय कमिटी बैठक भने बिहीबारका लागि तोकिएको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयन समेत गरेको छ।

राष्ट्र हितविपरीत तथा पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन, पार्टी निर्णय पटक-पटक उलंघन गरेको लगायतका आरोप लगाउँदै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताए ।

बैठकले संसद् विघटन असंवैधानिक भएको भन्दै सडक आन्दोलनमा जाने समेत निर्णय गरेको एक नेताले जानकारी दिए ।

आजै ओली पक्षले पनि बालुवाटारमा केन्द्रीय कमिटी बैठक गरेको थियो। बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या ११ सय ९९ बनाएको थियो।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : ४९ बजे

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु