प्रचण्ड-नेपाल पक्षले भोलिका लागि बोलायो संसदीय दलको बैठक « Khabarhub

प्रचण्ड-नेपाल पक्षले भोलिका लागि बोलायो संसदीय दलको बैठक

केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले बुधबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।

बैठक बुधबार साढे ११ बजे बस्ने जनाइएको छ ।  मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले भोलिका लागि संसदीय दलको बैठक बोलाएको हो ।

पार्टीको अर्को केन्द्रीय कमिटी बैठक भने बिहीबारका लागि तोकिएको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयन समेत गरेको छ।

राष्ट्र हितविपरीत तथा पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन, पार्टी निर्णय पटक-पटक उलंघन गरेको लगायतका आरोप लगाउँदै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताए ।

बैठकले संसद् विघटन असंवैधानिक भएको भन्दै सडक आन्दोलनमा जाने समेत निर्णय गरेको एक नेताले जानकारी दिए ।

आजै ओली पक्षले पनि बालुवाटारमा केन्द्रीय कमिटी बैठक गरेको थियो। बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या ११ सय ९९ बनाएको थियो।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : ४९ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ