अदालतले संविधानको प्रावधानको गहिरो अध्ययन गरी निर्णय गर्ने अध्यक्ष दाहालको विश्वास | Khabarhub Khabarhub

अदालतले संविधानको प्रावधानको गहिरो अध्ययन गरी निर्णय गर्ने अध्यक्ष दाहालको विश्वास


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमप्रति गल्ती स्वीकारेमा यथोचित जिम्मेवारी दिन अझै तयार रहेको बताएका छन् ।

नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समितिका सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले भने, “संसद् भङ्ग गर्न गल्ती भयो, साथीहरुको भावना समेट्न सकिन, म पश्चात्ताप गर्छु भनेर आउन चाहनुभयो भने उहाँलाई स्वागत गर्न अहिले पनि हामी तयार छौँ ।”

प्रधानमन्त्री ओलीले पश्चाताप नगरेमा स्थायी समितिको निर्णयअनुसार उनीमाथि अनुशासनको कारवाही हुने अध्यक्ष दाहालले स्पष्ट गरे । वर्तमान संविधानको मर्म र भावनाविपरीत अख्तियारको दुरुपयोग गर्दै प्रधानमन्त्रीबाट संसद् भङ्ग गरिएको जिकिर गर्दै उनले संविधानतः संसद् भङ्ग भएको होइन, भङ्ग भएको ओलीको सरकार मात्र हो, विघटन भएको सरकार हो, संसद् होइन भनी बहुसङ्ख्यक पूर्वसदस्य अदालत गएर भन्नुपर्ने अवस्था आएको बताए ।

अध्यक्ष दाहालले भने”, “हामी संसद्को प्रमुख पार्टी हुनुको नाताले विघटन अवैध छ भनेर कानूनी उपचार खोजीसँगै सङ्गठन र समाजमा पनि सन्देश फैलाउनुपर्छ ।”

प्रधानमन्त्रीको कदमलाई अदालतले संविधानको प्रावधानको गहिरो अध्ययन गरी जनभावना र राजनीतिक दलको भनाइ बुझेर निर्णय गर्ने विश्वास उनले व्यक्त गरे ।

जनतालाई आन्दोलनमा राम्रोसँग परिचालन गर्न सकेनौँ भने देश दुर्घटनामा जाने खतरा रहेको बताउँदै अध्यक्ष दाहालले समाजमा जाने र कार्यकर्ता परिचालन गर्ने कार्य जोडतोड तुल्याउन आवश्यक रहेको बताए ।

पार्टीभित्रका समस्या, घटना र एकीकरणपछि अहिलेसम्मको सहयात्रासम्बन्धी बैठकमा लामो फेहरिस्त सुनाउँदै अध्यक्ष दाहालले आजको बैठक र आफ्नो समूहको पार्टीको आधिकारिकताको पुष्ट्याइएका विभिन्न आधार प्रस्तुत गरेका थिए ।

३१५ जना उपस्थितिको जिकिर

नेकपाका ४४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमध्ये आजको बैठकमा ३१५ जनाको सहभागिता रहेको जनाइएको छ ।

केन्द्रीय समितिको बिहीबार बस्ने बैठकमा वर्तमान वस्तुस्थितिबारे अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति बनाइने जानकारी दिइएको छ ।

उक्त समूहले बुधबार आफ्नो समूहको विघटित प्रतिनिधिसभामा रहेका सदस्यको बैठक राखेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी सञ्चालनमा देखिएका समस्या र पछिल्लो समय संसद् विघटन भएको घटनासम्मको अवस्थाको विश्लेषण गरी सही र गलत छुट्याएर एकताबद्ध हुन पार्टी पङ्तिलाई आह्वान गरे ।

उनले भने, “सही नीति र व्यवहारका आधारमा पार्टीलाई एकताबद्ध गराउँछौँ, संविधान, गणतन्त्र, सङ्घीयता रक्षा र पार्टी एकताका लागि हामी सबै क्रियाशील हुनुपर्छ ।”

अर्का नेता नेपालले प्रधानमन्त्रीले दलको निर्णयको अवज्ञा गरेकाले वर्तमान सङ्कट निम्त्याएको जिकिर गरे ।

उनले भने, “संविधानमा संसद् विघटन गर्ने कुनै प्रावधान नै छैन, प्रधानमन्त्री ओलीले पार्टी र सरकार चलाउन सक्नुभएन । पछिल्लो कदमले लोकतन्त्र र गणतन्त्र नै धरापमा पर्न सक्छ । पछिल्लो कदमले देशलाई अस्थिरतातिर जाने ढोका खोलेको छ ।”

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रका समस्या र वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको उक्त बैठकमा स्थायी समिति सदस्य भीमबहादुर रावलले प्रधानमन्त्रीले दलको नीति, सिद्धान्त, कार्यक्रम र जनताको आकाङ्क्षाको अवज्ञा गर्दै अघि बढ्न खोजेको आरोप लगाए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : ४१ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल