प्रचण्ड–माधव समूहले आज संसदीय दलको नेता छान्ने « Khabarhub

प्रचण्ड–माधव समूहले आज संसदीय दलको नेता छान्ने


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूह आफूलाई आधिकारिक पार्टी बनाउने दौडमा अघि बढेका छन् ।

ओली समूहले हिजो प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गर्यो भने प्रचण्ड–माधव समूहले अध्यक्ष नै माधव कुमार नेपाललाई चयन गरेको छ ।

यसैबीच प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिनको १ बजेका लागि बैठक बोलाइएको छ ।

संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा संसदीय दलको नेता छान्ने तयारी रहेको एक नेताले जानकारी दिए।

पार्टी अध्यक्षमा नेपाललाई तोकेपछि अब प्रचण्डलाई संसदीय दलको नेता बन्नका लागि बाटो खुलेको छ । संसदीय दलको नेताका लागि यसअघि पनि प्रचण्डलाई प्रस्ताव गरिएको थियो ।

गत सोमबार भएको संसदीय दलको बैठकले पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : ३९ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।