ओली समूहले मनोनित गरेका नेकपाका केन्द्रीय सदस्यलाई प्रशिक्षण | Khabarhub Khabarhub

ओली समूहले मनोनित गरेका नेकपाका केन्द्रीय सदस्यलाई प्रशिक्षण


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मनोनित गरेका केन्द्रीय सदस्य तथा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण थालेको छ ।

केन्द्रीय कमिटीमा मङ्गलबार सातै प्रदेशका मनोनीत  केन्द्रीय सदस्य र पार्टीका अगुवा कार्यकतालाई प्रदेशगतरूपमा विभाजन गरेर काठमाडौँका विभिन्न बिहीबारसम्म प्रशिक्षण दिने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

प्रशिक्षणका लागि नेकपाले विभिन्न नेतालाई खटाएको छ । सातै प्रदेशका केन्द्रीय सदस्यलाई विभिन्न स्थानमा प्रशिक्षण दिन थालिएको ज्ञवालीले जानकारी दिए  ।

सोअनुसार प्रदेश नं १ मा सुवास नेम्वाङ, ज्ञवाली, मणिचन्द्र थापा र डा शिवमाया तुम्वाहाम्फे, प्रदेश नं २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो, वाग्मती प्रदेशमा पोखरेल, टोपबहादुर रायमाझी र पद्माकुमारी अर्याल तथा गण्डकी प्रदेशमा रायमाझी, पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलले प्रशिक्षण दिँदैछन् ।

यस्तै लुम्बिनी प्रदेशमा महासचिव विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, थापा र गोमा देवकोटा, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले प्रशिक्षण दिँदैछन् ।

सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट,  ज्ञवाली, कर्णबहादुर थापा र डा.विन्दा पाण्डेले प्रशिक्षण दिने जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले एक हजार १९९ केन्द्रीय कमिटी बनाएको थियो । तिमध्ये ५५६ जनालाई मङ्गलबार नै केन्द्रीय कमिटीमा मनोनयन गरिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १२ : ३६ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको