नेकपा विवाद : प्रचण्डलाई संसदीय दलको नेता बनाउँदै दाहाल-नेपाल समूह « Khabarhub

नेकपा विवाद : प्रचण्डलाई संसदीय दलको नेता बनाउँदै दाहाल-नेपाल समूह


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल’प्रचण्ड’ लाई चयन गर्न दाहाल-नेपाल समूहको बैठक नयाँ बानेश्वरमा जारी छ ।

संसद भवन नयाँ बानेश्वरमा जारी बैठकले दलको नेतामा प्रचण्डलाई चयन गर्ने नेता शिवकुमार मण्डलले जानकारी दिए।

पार्टी अध्यक्षमा नेपाललाई तोकेपछि अब प्रचण्डलाई संसदीय दलको नेता बन्नका लागि बाटो खुलेको छ । संसदीय दलको नेताका लागि यसअघि पनि प्रचण्डलाई प्रस्ताव गरिएको थियो ।

सो समूहको गत सोमबार भएको संसदीय दलको बैठकले पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि ओली र दाहाल-नेपाल समूहबीच आफ्नो समूहलाई आधिकारिक बनाउने दौडमा समानन्तर बैठक र निर्णयहरू भइरहेका छन् ।

ओली समूहले मंगलबार ५५६ केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यी महाधिवेशन आयोजक समिति प्रस्ताव गरेको छ भने प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको छ । मंगलबार नै दाहाल-नेपाल समूहले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  २ : ४६ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन